
१फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
५पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
६बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
७रसुवा बाढी : ७८१ जनाको शव भेटियो
८पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१२रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हुने जुनसुकै प्रकारका हत्या, हिंसा, अतिवाद र सामाजिक अपराध नियन्त्रणमा सरकार दृढ–सङ्कल्पित रहेको बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित ६५औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता अवाञ्छित क्रियाकलाप विरुद्ध सक्रियता र निर्भिकताका साथ खटिन सुरक्षाकर्मीलाई आग्रह गर्नुभयो । उहाँले यस्ता गतिविधितर्फ नागरिक समाज सचेत र सजक रहनु उत्तिकै जरुरी छ, भन्नुभयो ।
प्रधानमन्त्री ओलीले एसिड आक्रमणका विरुद्ध नयाँ कानून ल्याएर कडा कदम चाल्ने सरकारले अठोट लिएको जानकारी गराउँदै बलात्कार विरुद्ध पनि त्यस्तै कडा कानून ल्याइने बताउनुभयो । “बलात्कारका घटना निन्दनीय र मानवता विरोधी अपराध रहेकाले त्यस्ता गतिविधि नियन्त्रणमा सरकार अझ कडा कानुन ल्याउने तयारीमा छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “बलात्कार जस्ता घटना मिलापत्रका नाममा छोपछाप गर्ने काम सह्य हुन सक्तैन ।” उहाँले यस्ता घटनामा भनसुन र सामाजिक दबाबबाट टाढा रहन नेपाल प्रहरीलाई निर्देश गर्नुभयो । उहाँले कानून कार्यान्वयन गर्दै अपराधविहीन समाज निर्माण गर्न र दिगो शान्तिमा योगदान पु¥याउनेतर्फ केन्द्रित हुन प्रहरीलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले विश्वसामु अदृश्य शत्रुको रुपमा देखा परेको कोभिड–१९ महामारीको चुनौती व्याप्त रहेको र नेपालमा गर्न खोज्दाखोज्दै पनि नियन्त्रणमा आउन नसकेको बताउनुभयो । सङ्क्रमणको विषम अवस्थामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट प्रदर्शन भएको कर्तव्य परायणताको उहाँले खुलेर प्रशंसा गर्नुभयो । यस्तो अवस्थामा आत्मानुशासन र संयमित रहनुपर्ने कर्तव्य नभुल्न आम समुदायसँग उहाँले अनुरोध गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “सङ्क्रमणको महामारीबाट कोही पनि भयभीत हुने होइन, उच्च सतर्कता कायम राख्नुपर्छ, यस्ता घातक रोगले कुनै पनि बेला कसैलाई पनि आक्रमण र नोक्सान गर्नसक्छ भन्ने बारेमा सर्तक रहनुपर्छ ।” उहाँले महामारीको घडीमा सङ्क्रमण फैलिन निरोधात्मक उपाय अवलम्बन गर्नुको विकल्प नभएकोसमेत बताउनुभयो । उहाँले जोखिममा रहेर कर्तव्यपालनामा खटिँदा सङ्क्रमित हुन पुगेका सबैको स्वास्थ्यलाभको कामना गर्नुभयो ।
मुलुकको समृद्धि, समुन्नती र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु जरुरी रहेकोतर्फ प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीको ध्यानाकर्षण गराउनुभयो । उहाँले त्यसैको जगमा बसेर कानूनी शासन, मानवअधिकार र सुशासन तथा विकासका आधार निर्माण हुने उल्लेख गर्नुभयो । नेपाल प्रहरीलाई मुलुकको आन्तरिक सुरक्षाको मियोको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले कर्तव्यवोधले मात्रै मुलुकको समृद्धि, कानूनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अपराधले भौगोलिक सीमाको पर्खाललाई तोडेको, अपराधको सञ्जाल अन्तरदेशीय विस्तार भएको र सञ्जालमा आधारित अपराधले विश्वभर आकार ग्रहण गरिरहेको सन्दर्भमा चनाखो हुन प्रहरीलाई आग्रह गर्नुभयो । उहाँले विज्ञान, सूचना र प्रविधिको विकासले एकातर्फ मानिसको जीवनशैलीलाई सहज बनाएको तर अर्काेतर्फ यसको दुरुपयोगले दुखदायी घटना बेहोर्नु परिरहेको बताउनुभयो । “ यस्तो अवस्थामा पर्याप्त सतर्क हुन सकेनौँ भने कठिनाई थपिन सक्छ, चुनौती नथपिउन् भनेर आज देखा परेको चुनौतीको समय मै उपयुक्त ढङ्गले सामना गर्नुपर्ने हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले प्रविधिमा दक्ष तर सामाजिक र राष्ट्रिय जिम्मेवारीप्रति असंवेदनशिल समूहले स्वार्थ प्रेरित रुपमा फैलाउने अफवाह चुनौतीको रुपमा देखा परेको जिकिर गर्नुभयो । उहाँले त्यस्ता गतिविधि विधिसम्मत रुपबाट कसरी निस्तेज गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिन सम्बद्ध संस्था र व्यक्तिलाई सचेत गराउनुभयो ।
भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति सरकारको रहेको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले त्यसलाई पूर्ण कार्यान्वयनमा लैजान प्रहरीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले लोभलाभभन्दा माथि उठेर जनतालाई न्याय दिलाउनतर्फ लाग्न प्रहरीसँग आग्रह गर्नुभयो । उहाँले देश र जनतालाई गलत सूचना दिएर गलत बाटोमा लैजाने चेष्टा भइरहेकोतर्फ प्रहरीको ध्यानाकर्षण गराउनुभयो । प्रहरी माथिको विश्वास कमजोर हुँदा सम्बन्ध कमजोर हुँदै जाने र त्यसले कालान्तरमा शान्ति सुरक्षामा नै असर पु¥याउने भएकाले जनतासँगको सम्बन्ध प्रगाढ बनाउन सुझाव दिनुभयो । उहाँले प्रहरीको संस्थागत हितमा सरकार सदैव साथमा रहेको जानकारी गराउनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता, सार्वभौमसत्ता राष्ट्रिय अखण्डताको जगेर्ना गर्दै राष्ट्रभाव अभिवृद्धि गर्ने मुलुकको नीति विरुद्ध दिग्भ्रमित पार्ने कुचेष्टा भइरहेकोतर्फ सचेत हुन आम नागरिकलाई अनुरोध गर्नुभयो । उक्त समारोहमा गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ को महामारीका कारण नयाँ सुरक्षा चुनौती थपिएको विषम परिस्थितिमा निर्भिकताका साथ जिम्मेवारी निर्वाह गरेकोमा नेपाल प्रहरीको प्रशंसा गर्नुभयो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने