
१सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
४पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रचण्ड–माधव नेपाल समूहका नेता देव गुरुङले चीनलाई घेराबन्दी गर्ने रणनीति अनुरुप संसद विघटन भएको बताउनुभएको छ । नेकपा प्रचण्ड–माधव नेपाल समूहले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गुरुङले नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसहित संसद् विघटन भएको दावी गर्नुभयो ।
चिनियाँ कम्युनिष्ट टोली यतिबेला नेकपा भित्र देखिएको राजनीतिक संकट र विवाद मिलाउन छलफलमा व्यस्त रहेको छ । यता, नेकपा कैं वरिष्ठ नेता गुरुङले संसद विघटनका पछाडि चीनलाई घेराबन्दी गर्ने, तिब्बतलाई टुक्राउने र त्यसका लागि नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसँग अन्तरनिहित रहेको खुलासा गर्नुभएको हो ।
नेता गुरुङले संसद रहेसम्म नेपालमा विदेशी सेनाको मार्चपास सम्भव नभएकोले विदेशी सेना प्रवेश गराउन कैं लागि संसद भंग अनिवार्य भएको दावी गर्नुभयो । ‘साम्राज्यवादी शक्तिको डिजाइनअनुसार संसद् भत्काउने र सैन्य हस्तक्षेप गराउन ग्राउन्ड तयार गर्ने काम भएको हो,’ नेता गुरुङले भन्नुभयो–‘नेपालमा सैन्य आधार क्षेत्र बनाउन बाधा पु¥याउने देशभक्त गणतन्त्रवादी कम्युनिस्ट पार्टी भत्काउन जरुरी थियो । त्यसैकारण पार्टी विघटन र विसर्जनको दिशातिर पुग्यो ।’
नेता गुरुङले खुलेरै चिनको सहयोग र भूमिकाका विषयमा चर्चा गर्नुभयो । ‘ऐतिहासिक रुपमा चिनियाँ कम्युनिस्ट पार्टीको परामर्श, सदासयता आदिको बारेमा प्रश्न उठाउनुको कुनै औचित्य छैन,’ नेता गुरुङले भन्नुभयो–‘नेपालको स्वाधिनताको सम्बन्धमा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप समस्याको विषय हो, चीन होइन ।’
संविधान भत्काउन ढिलोचाँडो संकटकाल घोषणा हुने भन्दै नेता गुरुङले संविधान रहँदासम्म अदालतले जुनसुकै बेलामा पनि संविधानमा टेकेर आदेश निर्देशन दिन सक्ने बताउनुभयो । ‘संसद् भत्काएपछि पनि संविधान बाधक रहन्छ,’ नेता गुरुङले भन्नुभयो–‘राष्ट्रिय स्वाधिनता, क्षेत्रीय अखण्डता, पञ्चशीलको सिद्धान्त, असंलग्नता, अन्तराष्ट्रिय विवादका मुद्दा शान्तिपूर्ण रुपमा हल गर्नुपर्छ भन्ने नीति अवलम्बन गरेको छ संविधानले । त्यसो संविधान भत्काउन ढिलो चाँडो संकटकाल घोषणा हुन्छ ।’
‘प्रधानमन्त्री ओलीले चालेको कदम ०१७ साल र ज्ञानेन्द्र शाहले चालेको ‘कु’ सँग सम्बन्धित रहेको छ’, नेता गुरुङले भन्नुभयो–‘यो प्रतिगमनको कदम खारेज गर्नुको विकल्प छैन । खारेज भएन भने संविधानका धारा दफा निष्क्रिय बनाउन ढिलो चाँडो संकटकाल लागू हुनेछ ।’ संसद विघटन गर्नुको पछाडि प्रधानमन्त्री खड्गप्रसाद ओलीकीको सर्वसत्तावादी, एकाधिकारवादी, निरकुंशतावादी र फाँसीवादी चिन्तन प्रमुख कारण भएको नेता गुरुङले आरोप लगाउनुभयो । उहाँले मुलुक फाँसीवादको दिशातर्फ जाँदैछ भनेर चिन्ता समेत व्यक्त गर्नुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन