News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति

चीनलाई घेराबन्दी गर्ने रणनीतिअनुरुप संसद् विघटन

'साम्राज्यवादी शक्तिको डिजाइनअनुसार संसद् भत्काउने र सैन्य हस्तक्षेप गराउन ग्राउन्ड तयार गर्ने काम भएको हो'

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रचण्ड–माधव नेपाल समूहका नेता देव गुरुङले चीनलाई घेराबन्दी गर्ने रणनीति अनुरुप संसद विघटन भएको बताउनुभएको छ । नेकपा प्रचण्ड–माधव नेपाल समूहले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता गुरुङले नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसहित संसद् विघटन भएको दावी गर्नुभयो ।

चिनियाँ कम्युनिष्ट टोली यतिबेला नेकपा भित्र देखिएको राजनीतिक संकट र विवाद मिलाउन छलफलमा व्यस्त रहेको छ । यता, नेकपा कैं वरिष्ठ नेता गुरुङले संसद विघटनका पछाडि चीनलाई घेराबन्दी गर्ने, तिब्बतलाई टुक्राउने र त्यसका लागि नेपाललाई सैन्य आधार क्षेत्र बनाउने रणनीतिसँग अन्तरनिहित रहेको खुलासा गर्नुभएको हो ।

नेता गुरुङले संसद रहेसम्म नेपालमा विदेशी सेनाको मार्चपास सम्भव नभएकोले विदेशी सेना प्रवेश गराउन कैं लागि संसद भंग अनिवार्य भएको दावी गर्नुभयो । ‘साम्राज्यवादी शक्तिको डिजाइनअनुसार संसद् भत्काउने र सैन्य हस्तक्षेप गराउन ग्राउन्ड तयार गर्ने काम भएको हो,’ नेता गुरुङले भन्नुभयो–‘नेपालमा सैन्य आधार क्षेत्र बनाउन बाधा पु¥याउने देशभक्त गणतन्त्रवादी कम्युनिस्ट पार्टी भत्काउन जरुरी थियो । त्यसैकारण पार्टी विघटन र विसर्जनको दिशातिर पुग्यो ।’

नेता गुरुङले खुलेरै चिनको सहयोग र भूमिकाका विषयमा चर्चा गर्नुभयो । ‘ऐतिहासिक रुपमा चिनियाँ कम्युनिस्ट पार्टीको परामर्श, सदासयता आदिको बारेमा प्रश्न उठाउनुको कुनै औचित्य छैन,’ नेता गुरुङले भन्नुभयो–‘नेपालको स्वाधिनताको सम्बन्धमा साम्राज्यवादी र विस्तारवादी हस्तक्षेप समस्याको विषय हो, चीन होइन ।’

संविधान भत्काउन ढिलोचाँडो संकटकाल घोषणा हुने भन्दै नेता गुरुङले संविधान रहँदासम्म अदालतले जुनसुकै बेलामा पनि संविधानमा टेकेर आदेश निर्देशन दिन सक्ने बताउनुभयो । ‘संसद् भत्काएपछि पनि संविधान बाधक रहन्छ,’ नेता गुरुङले भन्नुभयो–‘राष्ट्रिय स्वाधिनता, क्षेत्रीय अखण्डता, पञ्चशीलको सिद्धान्त, असंलग्नता, अन्तराष्ट्रिय विवादका मुद्दा शान्तिपूर्ण रुपमा हल गर्नुपर्छ भन्ने नीति अवलम्बन गरेको छ संविधानले । त्यसो संविधान भत्काउन ढिलो चाँडो संकटकाल घोषणा हुन्छ ।’

‘प्रधानमन्त्री ओलीले चालेको कदम ०१७ साल र ज्ञानेन्द्र शाहले चालेको ‘कु’ सँग सम्बन्धित रहेको छ’, नेता गुरुङले भन्नुभयो–‘यो प्रतिगमनको कदम खारेज गर्नुको विकल्प छैन । खारेज भएन भने संविधानका धारा दफा निष्क्रिय बनाउन ढिलो चाँडो संकटकाल लागू हुनेछ ।’ संसद विघटन गर्नुको पछाडि प्रधानमन्त्री खड्गप्रसाद ओलीकीको सर्वसत्तावादी, एकाधिकारवादी, निरकुंशतावादी र फाँसीवादी चिन्तन प्रमुख कारण भएको नेता गुरुङले आरोप लगाउनुभयो । उहाँले मुलुक फाँसीवादको दिशातर्फ जाँदैछ भनेर चिन्ता समेत व्यक्त गर्नुभयो ।

डनन्यूज ट्रेन्डिङ