
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३असई बनाइदिन्छु भन्दै १० लाख ठगी
४प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको विशेष टोलीले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेको छ । नेकपाका अध्यक्ष प्रचण्डलाई खुमलटारमा र नेपाललाई बानेश्वरस्थित एभरेष्ट होटलमा टोलीले छलफल गरेको थियो ।
टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेटघाट गरेपछि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेको थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजन भएको नेकपाको विवाद मिलाउन चिनियाँ कम्युनिस्ट पार्टी अहिले सक्रिय बनेको छ ।
टोलीले नेकपा कैं वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसँग पनि भेट्ने कार्यक्रम रहेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही शीर्ष नेताहरुलाई पनि टोलीको भेट्ने कार्यक्रम रहेको छ ।
हिजो काठमाडौं आएको चिनियाँ टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोलीले हिजो काठमाडौं आउनासाथ चिनियाँ दूतावासमा पुगी राजदुत हाउ यान्छीबाट नेपालको वस्तुस्थितिका बारेमा बुझेर भेटघाटलाई तिब्रता दिएको हो ।
यसअघि पूर्वमाओवादी र एमालेलाई एक बनाउन पहल गरेको चिनियाँ टोलीले बिचमा बढेको विवाद पनि समाधान गरेको थियो । तर यसपटक सत्तारुढ नेकपाको विवादले चर्को रुप धारणा गरिसकेको छ । यो अवस्थामा चिनियाँ टोलीले के कसरी यो समस्यालाई समाधान गर्छ त्यो भने प्रतिक्षा कैं विषय बनेको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग