News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय प्रमुख समाचार राजनीति

चिनियाँ टोली र राष्ट्रपति भण्डारी बिच भेटवार्ता

'चिनियाँ टोलीले भोलि प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भेटवार्ता गर्ने'

काठमाडौं । नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि टोलीले आज साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विच चर्किएको विवादलाई मिलाउन नेपाल आएको चिनियाँ टोलीले राष्ट्रपति भवन शितल विनासमा पुगेर झण्डै राष्ट्रपति भण्डारीसँग एक घण्टा छलफल गरेको थियो ।

राष्ट्रपति भण्डारी र चिनियाँ टोली बिच साँझ ५ बजेदेखि ६ बजेसम्म भेटवार्ता भएपनि छलफलका विषयमा भने केही जानकारी गराईएको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउको नेतृत्वमा अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको ६ सदस्यीय टोली आज काठमाडौं आएको हो ।

चिनियाँ राष्ट्रपति सि चिनिफिङको सन्देश बोकेर उच्चस्तरीय राजनीतिक टोली चार दिने भ्रमणका लागि नेपाल आएको हो । टोलीले आज नै प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग भेटवार्ता गर्ने भनिए पनि समय नमिलेका कारण भोलिका लागि भेटवार्ता तय गरिएको छ ।

प्रतिक्रिया