
१अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
२सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
३अफवाह नफैलाउन प्रहरीको आग्रह
४बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
५सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
६२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१०विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
११साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
१२गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
११गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
पोखरा । अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकले प्रतिबन्धबाट कत्ति पनि विचलित नहुन विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको छ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको भातृसंगठन अखिल क्रान्तिकारी कास्कीले २३ औं जिल्ला सम्मेलन र १२८ औं माओ दिवसको अवसरमा बोल्दै प्रमुख अतिथि केन्द्रीय कोषाध्यक्ष विकले भन्नुभयो–‘यो प्रतिवन्धलाई झेल्न, चिर्न सकियो भने हामीले भोली सुनौंलो विहानी लिएर उदाउने छौं । त्यसैले हामी कत्ति पनि विचलित हुनुहुँदैन ।’
केन्द्रीय नेता विकले वैज्ञानिक समाजवादी शिक्षा प्राप्त गर्न कास्की जिल्लाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । मन्तव्यका क्रममा उहाँले भन्नुभयो–‘नेपालको शिक्षा प्रणाली दास बनाउने शिक्षा प्रणाली भएकोले यसको परिवर्तन गर्दै वैज्ञानिक शिक्षा प्रणाली लागू गर्नुपर्ने र यसका लागि अखिल क्रान्तिकारी दृढ रुपमा लाग्नुपर्दछ ।’
प्रतिबन्धित नेकपा कास्कीका जिल्ला सेक्रेटरी विश्वासले विदेशीको गुलाम हुनुभन्दा स्वाधिनताको सिपाही भएर बलिदान दिन तयार हुनुपर्नेमा जोड दिनुभयो । सेक्रेटरी विश्वासले भन्नुभयो–‘वैज्ञानिक शिक्षा नै आजको आवश्यकता हो । अखिल क्रान्तिकारी अमूल्य गहना हो र यही गहनालाई आजका विद्यार्थीले ग्रहण गर्दै यसको रक्षा र विकासमा लाग्नुपर्दछ ।’
कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिलन राई र गण्डक ब्यूरो इन्चार्ज काजी गुरुङले राज्यको दमन र देशमा बढ्दो भ्रष्टाचार, वेथिती र अराजकताका लागि विद्यार्थीहरु अखिल क्रान्तिकारीको झण्डामूनि गोलबन्द भएर संघर्षको मैदानमा उत्रिनु पर्नेमा जोड दिनुभयो ।
अखिल क्रान्तिकारी कास्की जिल्ला इन्चार्ज प्रकाश बास्तोला ‘मार्शल’ले अहिलेको शिक्षा प्रणालीमा धेरै सुधार गर्नुपर्ने र वैज्ञानिक शिक्षा प्रणाली नै आजको आवश्यकता भएको जिकिर गर्नुभयो । इन्चार्ज प्रकाशले भन्नुभयो–‘कोही कसैले पनि शिक्षाबाट बन्चित हुनु पर्ने अवस्था नआओस् । यसमा सबै विद्यार्थीको साथी अखिल क्रान्तिकारी दृढ रुपमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
कार्यक्रममा प्रतिबन्धित नेकपा कास्कीका जिल्ला इन्चार्ज उभारले राज्यका दमन र षडयन्त्रलाई चिर्दै बढ्दो भ्रष्टाचार, वेथिती र सत्ता लुछाचुँडीबाट जनतालाई मुक्त गर्न एकीकृत जनक्रान्ति नै एकमात्र विकल्प भएको बताउनुभयो ।
सम्मेलनले सर्वसम्मतिमा पुरन पुनको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । बाँकी सदस्यहरुका विषयमा भने अखिल क्रान्तिकारीले खुलाएको छैन । अखिल क्रान्तिकारीका नेता पुरन पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कमला परियारले राख्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष पक्राउ, केन्द्रीय र जिल्लास्तरको नेतृत्व बच्न सफल
आज पोखराको दिपाङ तालस्थित खुल्ला स्थानमा भएको २३ औं जिल्ला सम्मेलन पश्चात् अखिल क्रान्तिकारीका दुई नेता लगायत केही विद्यार्थी पक्राउ परे पनि केन्द्रीय र जिल्लास्तरको नेतृत्व भने बच्न सफल भएको छ ।
सम्मेलन सम्पन्न गरेर फर्किने क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको हातहतियारसहित पुगेको टोलीले घेराऊ हालेर नवनिर्वाचित अध्यक्ष पुरन पुन र अखिल क्रान्तिकारीका कास्की जिल्ला इन्चार्ज प्रकाश बाँस्तोला ‘मार्शल’लाई पक्राउ गरेको हो । यी दुई नेतासँगै अन्य केही सामान्य विद्यार्थीहरु पनि पक्राउ परेका छन् । यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेकाहरुलाई अनुसन्धान गर्दै गरेको बताए पनि पक्राउ परेकाहरुको पूर्ण विवरण भने सार्वजनिक गरेको छैन । स्रोतका अनुसार पक्राउ पर्नेहरु अखिल क्रान्तिकारीमा आवद्ध नभई सामान्य सम्मेलन पश्चात् आयोजित बनभोज कार्यक्रममा बोलाईएका विद्यार्थीहरु मात्र हुन् ।
१२८ औं माओ दिवस र अखिल क्रान्तिकारीको २३ औं जिल्ला सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका इन्चार्ज उभार, कास्कीका सेक्रेटरी विश्वास, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मिलन राई, अखिल क्रान्तिकारीका गण्डक ब्यूरो इन्चार्ज काजी गुरुङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन