
१श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
२भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
३१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
४पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
५पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
६पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
७आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
८स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
११टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई साढे ८ वर्ष कैद र करोडौं जरिवाना
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले जनताको बलिदानबाट स्थापित अधिकारको संरक्षण एवं प्रवद्र्धनका लागि पुनःआन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । नेकपा धादिङ–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको भेलामा उहाँले विधि, पद्धति, कानून र संविधानभन्दा माथि कोही नहुने भएकाले गलत काम गर्नेविरुद्ध जनताले खबरदारी गर्नुपर्ने बताउनुभयो । तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा पार्टी एकता भई नेकपा बनेको तथ्य पेश गर्दै उहाँले भन्नुभयो, “हामी विभाजित भएका छैनौँ ।”
पूर्वमन्त्री पाण्डेले पार्टीकोे पछिल्लो अवस्थाबारे जानकारी गराउँदै अगाडि थप्नुभयो, “नेकपाको साविक ४३५ सदस्यको आधा २१८ हो, अहिले नेकपाको पछिल्लो बैठकमा २९४ जनाको उपस्थिति छ । त्यसकारण मूल पार्टी र मूल घर नै हामी हौँ ।” उहाँले संवैधानिक निकायले पनि प्रमाण र कानूनका आधारमा निर्णय गर्ने भएकाले पार्टीका नेता तथा कार्यकर्ता कोही पनि विचलित हुन नहुने स्पष्ट पार्नुभयो । नेकपा निर्वाचन आयोगका सदस्य विष्णुपुकार श्रेष्ठले नेपाली जनताले ७० वर्ष लगाएर प्राप्त गरेको उपलब्धिको रक्षाका लागि पुनः एकपटक जनतामा जानाको विकल्प नभएको बताउनुभयो ।
नेकपा वाग्मती प्रदेशका अध्यक्ष नारायण दाहालले अहिलेको लडाइँ विचारको भएको बताउँदै यो अग्रगमन कि पश्चगमन भन्ने विषयमा विचारधारात्मक संघर्ष भएको बताउनुभयो । नेकपा केन्द्रीय सदस्य कल्पना धमलाले क्रान्तिको उपलब्धि गुम्ने खतरा बढेकाले एकपटक जनतामा जानुपर्ने औँल्याउनुभयो । कार्यक्रममा धादिङ घर भई हाल काठमाडौँमा विभिन्न पेशा तथा व्यवसाय आबद्ध नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
१अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
३विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
४कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर