News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

केपी ओली गोमन सापजस्तै हुन् : वरिष्ठ नेता खनाल

'महाधिवेशनमा आफूले हराएपछि त्यसको बदला लिन ओलीले खोजेको आरोप'

काठमाडौं । प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली गोमन सापजस्तै भएको बताउनुभएको छ । वरिष्ठ नेता खनालले ओली इबी साँध्ने व्यक्ति भएको भन्दै गोमन सापसँग तुलना गर्नुभएको हो ।

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा खनालले महाधिवेशनमा आफूले हराएपछि त्यसको बदला लिन ओलीले खोजेको बताउनुभयो । वरिष्ठ नेता खनालले भन्नुभयो–‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ ।’

गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने गरेको जस्तै ओलीको व्यवहार भएको नेता खनालले बताउनुभयो ।