News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रचण्डलाई कारवाही, प्रदेश इन्चार्जहरु हेरफेर

'प्रचण्ड समूहका टोपबहादुर रायमाझी ओली समूहतिर लागेपछि उनलाई जनसंगठन इन्चार्जको जिम्मेवारी'

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारवाही गरेको छ । बालुवाटारमा आज बसेको बैठकले नेकपाका अर्का अध्यक्ष प्रचण्डको कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो ।

बैठकले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । ओली समूहले प्रचण्डलाई अध्यक्षबाट भने हटाएको छैन । तर, प्रचण्ड–नेपाल समूहमा लागेका प्रदेश इन्चार्जहरुलाई भने हटाएको छ । पूर्वमाओवादी एवम् प्रचण्ड समूहका टोपबहादुर रायमाझी ओली समूहतिर लागेपछि उनलाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिएको छ ।

बैठकले गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेललाई नै जिम्मेवारी सुम्पिएको छ । त्यसैगरी, प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङ, बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र कर्णाली प्रदेशबाट भीम रावललाई हटाएर लेखराज भट्टराई जिम्मेवारी तोकेको छ । प्रदेश २ मा भने सत्यनारायण मण्डल नै रहेका छन् ।

प्रतिक्रिया