
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
गलकोट । बागलुङ जिल्लाको पर्यटन विकासका लागि यस वर्ष ६० योजना कार्यान्वयनमा आउन थालेका छन् । बागलुङमा गत आर्थिक वर्ष २०७६/७७ मा जम्मा सात वटा योजना छनोट गरे पनि आव २०७७/७८ मा ६० योजना कार्यान्वयनमा ल्याइएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।
गत वर्ष सात योजनामा विनियोजन भएको रु पाँच करोड २४ लाख बजेटमध्ये कोरोनाका कारण जम्मा रु दुई करोड ४४ लाख रकम खर्च भएको थियो । गत वर्षको तुलनामा यस वर्ष पर्यटन क्षेत्रको विकासका लागि बागलुङमा ६० योजनाका लागि रु सात करोड ५५ लाख १३ हजार बजेट कार्यान्वयनमा आउन थालेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ ।
कोरोनाका कारण गत वर्षको बजेट कार्यान्वयनमा समस्या भए पनि यस वर्ष धमाधम योजना सम्झौता गरी काम शुरु गरिएकोे उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताउनुभयो । उहाँका अनुसार भ्यू टावर (दृश्यावलोकन स्तम्भ), पदमार्ग, पर्यापर्यटन, प्याराग्लाइडिङ पूर्वाधार, घरबास अनुदानलगायतका कार्यक्रम कार्यान्वयनमा आउन थालेका छन् । “गत वर्ष कोरोना नियन्त्रणमा घरबासलाई दिइने रकम खर्च भयो, यस वर्ष छनोटका आधारमा १० घरबासले अनुदान पाउँदैछन्, धेरै योजनाको काम शुरु भएको छ”, मन्त्री लम्सालले भन्नुभयो, “पदमार्ग, भ्यू टावर, प्याराग्लाइडिङ पूर्वाधारलगायतका योजना म आफैँ पुगेर शिलान्यास गरेको छु, सबै योजना कार्यान्वयन सम्पन्न गरी बागलुङमा पर्यटनको विकासका लागि टेवा पुर्याउनेछौँ ।”
मन्त्रालयका अनुसार ६० योजना उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका तीन कार्यालयअन्तर्गत कार्यान्वयनमा आउन थालेका हुन् । भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट पर्यटनसम्बन्धी कार्यक्रम पोखरी संरक्षण, गल्छी तथा पहिरो नियन्त्रण, भू–संरक्षणमैत्री पदमार्गलगायतका संरचना निर्माणका लागि १४ वटा योजनामा रु एक करोड ६३ लाख ५० हजार विनियोजन भएर काम शुरु भइसकेको छ ।
यस्तै पर्यटन कार्यालय पोखरामार्फत घरबास अनुदान, पदमार्ग, पर्यटकीयस्थलमा पूर्वाधारलगायतका १९ वटा योजनामा रु तीन करोड १७ लाख ५० हजार विनियोजन गरेर कार्यान्वयनको चरणमा पुगेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले जानकारी दिनुभयो । “बागलुङमा पर्यटनको धेरै सम्भावना भएकाले धेरै योजना समावेश गरिएको हो”, रिजालले भन्नुभयो, “यो वर्ष ६० योजना कार्यान्वयनमा आउँदा पर्यटनका क्षेत्रमा आधारभूत उपलब्धि हासिल हुनेछन् ।” आगामी वर्षसमेत यी योजनालाई आधार मानेर बजेट ल्याइने रिजालको भनाइ छ ।
डिभिजन वन कार्यालयमार्फत यस आर्थिक वर्षमा २७ वटा योजनामा रु दुई करोड ७४ लाख ३३ हजार विनियोजन भएर पाँच योजना सम्झौता भइसकेको र अन्य योजनाका लागि छनोट प्रक्रिया थालिसकेको डिभिजन वन कार्यालय बागलुङका डिभिजन अधिकृत मुकुन्दप्रसाद अधिकारीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष सात वटा योजनामा छुट्याइएको रु पाँच करोड २४ लाखमध्ये २८ वटा सामुदायिक घरबासका लागि रु १० लाखका दरले छुट्याइएको रु दुई करोड ८० लाख बजेट कोरोना नियन्त्रणमा खर्च गरिएको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो