
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा । उच्च अदालत पोखराले पार्किङ शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ । कानुन व्यवसायी राजेन्द्रमान श्रेष्ठ र नारायण तिवारीले पोखरा महानगरपालिका, मेयर मानबहादुर जिसी, फेवा सावित्री जे.भि., राजश्व शाखा प्रमुख लगायतलाई प्रतिवादी बनाई रिट दायर गर्नुभएको थियो । अव्यवस्थित रुपमा सडकमा पार्किङ गरिएका सवारी साधनहरुबाट पार्किङ शुल्क भन्दै रकम असुल्न थालेपछि यसको चौतर्फी विरोध भएको थियो ।
तीन करोड १६ लाख ७० हजार रुपैयाँमा फेवा सावित्री जे.भि.का पोखरा–६ बैदामका ठाकुरप्रसाद गुरुङले पार्किङ शुल्क उठाउने सम्झौंता नगरपालिकासँग गरेका थिए । अव्यवस्थित रुपमा सडकमा रोकिएका सवारीसाधनहरुबाट धाकधम्की दिई जबरजस्ती रकम उठाउन थालेपछि जागौं पोखरा अभियान्ताहरुले यसको चरणवद्ध विरोध कार्यक्रमको आयोजना गरेका थिए । उच्च अदालत पोखरामा परेको रिट निबेदन उपर सोमबार अधिवक्ताहरु राजेन्द्रमान श्रेष्ठ, सन्तोष अधिकारी, बिमलप्रसाद लामिछाने, बेदबहादुर बिष्ट ‘विवि विष्ट’, कृष्णकुमार श्रेष्ठ, पुष्पराज पराजुली, राजुराज अधिकारी र सुरेन्द्र थापामगर लगायतले बहस गरेका थिए ।
जागौं पोखरा अभियानका अभियन्ता दीपक आचार्यले कोरोना महामारीको संकटमा जुधिरहेका जनताहरुलाई थप आर्थिक भार पार्ने गरी अव्यवस्थित रुपमा सडकमा पार्किङ गरिएका सवारी साधनको रकम असुल्नु गलत भएको बताउनुभयो । अभियन्ता आचार्यले भन्नुभयो–‘पोखरा महानगरपालिकाले राजश्व उठाउने नै हो भने निश्चित ठाउँहरुमा पार्किङ गर्ने सुविधासम्पन्न क्षेत्र बनाउनु प¥र्यो । यसरी अव्यवस्थित गराएर पार्किङ शुल्क उठाउन कदापि पाईदैंन ।’
विहान ८ बजेदेखि साँझ ७ः३० बजेसम्म चोकचोक र घरदैलो अगाडिबाट पार्किङ शुल्कका नाममा रकम उठाउने र नमाने टोले गुन्डाहरुको समेत प्रयोग हुँदै आईरहेको छ । राज्यले व्यवस्थित ढंगले पार्किङ स्थल बनाएर रकम उठाउनु पर्नेमा जसरी हुन्छ आफ्ना मानिसलाई टेण्डर दिने र केही मुनाफा लिएर जनता लुट्ने काममा पोखरा महानगरपालिका वषौंदेखि लागिरहेको छ । यसभन्दा अगाडि पनि गरिएको पार्किङ शुल्क उठाउने काममा सम्झौंता अनुसार कुनै पनि कामहरु भएका छैनन् ।
होडिङ बोर्ड हटाउने र च्यात्ने मेयर जिसी अव्यवस्थति पार्किङ किन देख्दैनन् ?
होडिङ बोर्डले पोखराको सुन्दरतालाई कुरुप बनायो भन्दै हिजो निजी घरको छतमा राखिएका होडिङ बोर्डहरु च्यात्दै हिड्ने पोखराका मेयर मानबहादुर जिसी अहिले किन मौन छन् ? के पोखराको सुन्दरतालाई अव्यवस्थित सवारी पार्किङले कुरुप र बटुवालाई असजिलो बनाएको छैन र ? के यसको सही व्यवस्थापन नै नगरी धमाधम पैसा असुल्ने नियतले ठेक्कामात्र दिएर महानगरपालिकाको दायित्व पुरा हुन्छ कि व्यवस्थित पनि हुनुपर्छ ? यसको जवाफ कसले दिने ?
के पोखराको सुन्दरतालाई छतमा राखिएका होडिङ बोर्डले मात्र कुरुप बनाईरहेका छन् त ? यसको जवाफ पोखरा महानगरपालिकाका मेयर जिसीले जनतालाई दिनु पर्छ कि पर्दैन ? दिनदिनै बढ्दै गईरहेका निजी सवारी साधनहरुको बारेमा महानगरपालिकाले अब सोच्नु पर्छ कि पर्दैन ? कसरी पार्किङ व्यवस्थित गर्ने भन्दा पनि अव्यवस्थित गराएर कसरी बढि भन्दा बढि रकम असुल्न पाईन्छ भन्ने ध्याउन्नमा मात्र केन्द्रित हुनुले स्मार्ट सिटीको नारा आफैंमा स्खलित भईरहेको छ ।
डिजिटल प्रविधिको बोर्डहरु राख्ने भन्दै पोखराका विभिन्न ठाउँहरुमा निजी घरको छतमा राखिएका होडिङ बोर्डका विज्ञापन च्यात्ने र हटाउने काममा तत्कालिन मेयरका सहयोगी लक्ष्मण तिमिल्सिनासहितको टोली निकै दौडधुप गरिरहन्थ्यो । मेयरका सहयोगी विज्ञापन च्यात्न आफैं जान्थे ।
तर डिजिटल प्रविधिको बोर्ड राख्ने नाममा भएको यो चलखेल र योजना अन्ततः तुहिएको पनि छ । यस भित्रको खेल पर्दाफास पनि भएको छ । रातारात सम्झौंता विपरित राखिएका बोर्डहरु विभिन्न सञ्चारमाध्यमहरुले खबरदारी गरेपछि हटाईएका पनि छन् ।
तर महानगरपालिकाको गैरजिम्मेवारीपूर्ण कार्यले यस क्षेत्रमा प्रवेश गरेका युवाउद्यमीहरुको करोडौंको व्यवसाय भने चौपट बनाएको छ । यसरी आर्थिक प्रलोभनमा परेर सडकमा उत्रिने मेयर साहेब, उनका आसेपासे र नगरपालिकाका कर्मचारीहरु यो अव्यवस्थित पार्किङका नाममा किन बोल्दैनन् ? के यसले पोखराको सुन्दरतालाई बढाएको छ त ?


अव्यवस्थित पार्किङको पराकाष्ठा: पोखरा महानगरपालिकाको कार्यालय अगाडि बटुवा हिड्ने फुटपाथमा अव्यवस्थिति रुपमा राखिएका सवारी साधनहरु र पार्किङ शुल्क उठाउँदै कर्मचारी । खोई, महानगरपालिकाले व्यवस्थित रुपमा सवारी साधनहरु पार्किङ गर्ने स्थल बनाएको ? कानुन र अधिकार छ भन्दैमा आर्थिक चलखेल र लोभमा कहिलेसम्म जनतालाई सास्ती दिने ? अनि जनताहरु पनि कहिलेसम्म चुप लागेर बस्ने ?

विहान ८ बजेदेखि साँझ ७ः३० बजेसम्म यसरी पोखराका सम्पूर्ण चोक, गल्ली र भित्री बाटोहरुमा पार्किङ शुल्क उठाईने गरिएको छ । पोखरा महानगरपालिकामा जुन समूह हावी छ, त्यसले कानुनको कमजोरीको फाईदा उठाउँदै यसरी नागरिकहरुलाई सास्ती दिदैं आईरहेको छ । तस्विरः रोजिना अधिकारी/डन न्यूज
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल