
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
३‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
४जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
५नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
६विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
७अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
८स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
९जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१०नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
११‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
१२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
९पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
१०माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
११जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१२आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
खेमराज गौतम
गलकोट । हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ– ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन ।
चुनावताका भोटबैंकको रूपमा चिनिँदै आएको दलित बस्तीकै कारण धेरैले चुनावसमेत चित्दै आएका छन् तर चुनावताका गरिएको खानेपानी पुर्याउने वाचा भने अझै पूरा हुन सकेको छैन । बागलुङ नगरपालिकाभित्रकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामीचौर दलित बस्ती खानेपानीको सपना दुई दशक बित्दासमेत पूरा हुन सकेको छैन । खानेपानीको आशामा भोट हाल्दै आएका जनता पानीको अभावमा काकाकुलजस्तै बन्दै गएका छन् । हरेक हिउँदमा पानीको प्यास मेट्न नपाएको लामीचौर गाउँ चुनावी नारामा भने घरघरमै पानीका धारा आउने गरेका छन् । दुई सयभन्दा बढी घर रहेको उक्त स्थानमा दलित समुदायका मानिस बसोबास गर्दै आएका छन् ।
विसं २०५० भन्दा अघि बनेको खानेपानी आयोजनाको उचित मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छ । दुई सय घर परिवारमा जम्मा छ वटामात्रै सामुदायिक धारा रहेका छन् । त्यही धारामा समेत बर्खाको समयमा पानी आउने र हिउँदको समयमा आक्कलझुक्कल मात्रै खानेपानी आउने गरेको स्थानीय मनबहादुर नेपालीले जानकारी दिनुभयो । रेशको बौरमुनीबाट ल्याइएको खानेपानी अहिले मर्मतसम्भारसमेत नहुँदा मुहान सुक्दै गएको छ ।
“कहिलेसम्म दलित बस्तीले खानेपानीको अभाव झेल्दै आउने”, नेपालीले भन्नुभयो, “नगरपालिकाको अन्य स्थानमा खानेपानीको पहुँच पुग्ने, हाम्रोमा किन भएन, यो त दलित माथिकै शोषण भएको छ ।” बर्खामा समेत बस्ती नजिकै रहेको कुवाबाट पानी बोक्नुपर्ने समस्या रहेको छ । हिउँदमा धारो कुर्दा र पानी बोक्दा दिन जाने गरेको स्थानीय समुदायले जनाएको छ । उपल्लो बस्तीमा आउने पानी तल्लो बस्तीमा नआउने भए पनि कसैको चासो नहुँदा वषौंँदेखि दलित बस्तीले खानेपानीको प्यास मेटाउन नपाएको स्थानीय सज्जनकुमार सिंह विश्वकर्माले दुखेसो गर्नुभयो ।
“त्यस ठाउँको सचेत नागरिक भएको नाताले धेरै पहल र प्रयास गरियो, हालसम्म सार्थकता पाउन सकेको छैन, त्यही पानी उपल्लो बस्तीमा पुग्छ, तर हाम्रो बस्तीमा आउँदैन”, विश्वकर्माले भन्नुभयो, “नयाँ स्रोतको पहिचान आवश्यक छ, छिमेकी गाउँले स्रोत नदिएपछि लिफ्टको विकल्प छैन ।” उहाँले हरेक राजनीतिकर्मीले खानेपानी खुवाउने प्रतिबद्धता गर्न थालेको मात्रै १५ वर्षभन्दा बढी भएको बताउनुभयो ।
स्थानीय निर्वाचनताका मात्रै खानेपानी ल्याउने प्रतिबद्धता थियो, यसपटकको स्थानीय निर्वाचनका पालामा खानेपानी ल्याउने भनेपछि आशा जागेको भए पनि यसपटकसमेत निर्वाचनको तीन वर्ष पुग्नै लागेको गुनासो गर्दै आएका छन् । अब अर्को चुनावमा पानीको एजेण्डा लिएर दलित बस्तीमा नछिर्न स्थानीय युवा दिलीप खातीको सुझाव छ ।
खानेपानी ल्याउने अथक प्रयासपछि स्रोतको पहिचान गरी गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाको सहयोगमा लिफ्ट योजना अगाडि बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । “नगरपालिकाभर मेरो कार्यकाल सकिँदा सबै घरमा एक घर एक धारा बनाउने अभियान छ, धेरै सङ्कटग्रस्त क्षेत्रमा खानेपानीको समस्या समाधान भइसकेको छ”, पौडेलले भन्नुभयो, “सिगाना लामीचौरको सन्र्दभमा धेरै समय लाग्यो तर आफ्नो कार्यकालभित्र घरघरमा धारा पुर्याएरै छाड्छु ।”
झण्डै रु एक करोडको लागतमा खानेपानी ल्याउने गरी डिपिआर तयार भए पनि मुहान नहुँदा सायकोटको ६५ घरमा गत वर्षनै धारा पुर्याइएको र दलित बस्तीका लागि काठेखोला गाउँपालिका–७ रेश खानीदुलोबाट लिफ्ट खानेपानीको आयोजना अगाडि बढेको लामीचौर सायकोट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कार्कीले बताउनुभयो । कार्कीका अनुसार मुहान पहिचान र सम्झौता भएकाले ढिलै भए पनि खानेपानी पुर्याउन सकिने आशा व्यक्त गर्नुभयो ।
प्रदेश सरकारबाट तीन पटकसम्म बजेट आए पनि मुहान नहुँदा कार्यान्वयन हुन नसके पनि अहिले आयोजनास्थलमा मोटरबाटो पुर्याउने कार्य भइरहेको र अब दलित बस्तीमा खानेपानी पुर्याउने आशा पलाएको वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । प्रदेश सरकारबाट यो वर्ष रु ११ लाख बजेट आए पनि आयोजना अगाडि बढेमा बजेटको कमी नहुने प्रदेशबाट प्रतिबद्धता आएको वडाध्यक्षको भनाइ रहेको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने