
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
८‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
९डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय जनपरिषद् नेपालले उखु किसानहरुलाई शोषण गर्ने ठगहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
केन्द्रीय जनपरिषद् नेपालका प्रमुख सन्तोष बुढामगरले एक प्रेस विज्ञप्ति जारी गर्दै उखु किसानहरुको समस्या र आन्दोलनबारे जनसत्ताका तर्फबाट गम्भिर र सुक्ष्म अध्ययन भईरहेको उल्लेख छ ।
चिनी उद्योगका मालिकहरुबाट लामो समय शोषण र उत्पीडन झैल्दै आईराखेका र सरकारबाट समेत ठगिएर आफ्नो पसिनाको मूल्य पाउन पटक–पटक सडकमा उत्रिन बाध्य भएका उखु किसानको समस्या र आन्दोलनबारे जसत्ताका तर्फबाट गम्भीर र सुक्ष्म अध्ययन भईरहेको विज्ञप्तिमा उल्लेख छ ।
सरकार नै साक्षी सबेर भएको सहमति कार्यान्वयन गराउन आन्दोलन गर्नुपर्ने अवस्था आउनु यो राज्यव्यवस्थाको चरम लापरवाही, गैरजिम्मेवारी, निकम्मापन र असफलता भएको विज्ञप्तिमा उल्लेख छ । केन्द्रीय जनपरिषद्ले उखु किसानहरुको आन्दोलनप्रति पूर्ण साथ र ऐक्यवद्धता प्रकट गरेको छ ।
श्रमिक किसानहरुको पसिनाबाट केही दलालहरुको दिनप्रतिदिन महल ठडिदैं जाने र जीवनभर मेहनतरत किसानहरुको भएको घर र खेत समेत लिलाम भई बेघरबार र विचल्ली बन्नुपर्ने परिपाटी र यस्तो राज्यव्यवस्थाको अन्त्यका लागि एकीकृत जनक्रान्तिमार्फत् संघर्षमा लडिरहेको विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय जनपरिषद् नेपालका प्रमुख बुढामगरले सम्पूर्ण उत्पीडित उखु किसानहरुले पाउनु पर्ने रकम क्षतिपूर्तिसहित तुरुन्तै भुक्तान गर्न जोडदार माग गर्नुभएको छ । उत्पीडित किसानहरुका तर्फबाट किसानमारा शोषक र ठगहरुलाई जनसत्ताले कारवाही गर्ने चेतावनी प्रमुख बुढामगरले विज्ञप्तिमार्फत् दिनुभएको छ ।
