
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
पोखरा। राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आगामी फागुन २० देखि गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको अवस्था नरहेको बताउनुभएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमी गण्डकी प्रदेशले आज पोखरा रङ्गशालामा आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा उहाँले खेलकूदले माहोल सिर्जना गर्नुपर्नेमा यस वर्ष कोभिड–१९ का कारण अप्ठ्यारो अवस्था रहेकाले राष्ट्रिय खेलकूद सञ्चालन गर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “नवौँ राष्ट्रिय खेलकूद फागुन २० देखि गण्डकीमा गर्दछौँ भनेर घोषणा गरेका थियौँ तर अहिले तोकिएको मितिमा सञ्चालन गर्ने अवस्था छैन, अब विसं २०७८ भित्र प्रतियोगिता सञ्चालन गर्न सक्छौँ ।”
सदस्य सचिव सिलवालले स्थानीय, जिल्ला र प्रदेशमा प्रतियोगिता आयोजना गरेर राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने र राम्रो खेलाडी उत्पादन गर्ने गरी राष्ट्रिय खेलकूदको तयारी गरिनेसमेत स्पष्ट पार्नुभयो ।
उहाँले सङ्घ सरकारसँगै प्रदेश र स्थानीय तहहरुले पनि खेलकूद उत्पादनमूलक क्षेत्र हो भन्ने बुझेर खेल पूर्वाधार तथा खेलाडी उत्पादनमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले फाउण्डेशनले खेल क्षेत्रको पूर्वाधार निर्माण र खेल क्षेत्रमा लाग्नेहरुको हौसला अभिवृद्धिमा सहयोग गर्दै आएको छ भन्नुभयो ।
गण्डकी प्रदेश विधायन समितिका सभापति एवं फाउण्डेशनका उपाध्यक्ष मोहन रेग्मीले प्रदेश सरकारले खेलकूद विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । फाउण्डेशनका गण्डकी संयोजक एवं राखेप सदस्य राजेशकुमार गुरुङले खेल सङ्घ, पदाधिकारी, सञ्चारकर्मीलगायत सबै पोखरेलीको सहयोगले साग भव्यरूपमा सम्पन्न भएको बताउँदै खेलाडी तथा सहयोगीहरुको योगदानको कदर गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
स्वर्ण विजेता खेलाडी सम्मान तथा आर्थिक सहयोग प्रदान
मदन भण्डारी स्पोर्टस् एकेडेमीले नेपालमा गत वर्ष सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीसहित साग सफल पार्न सहयोग गर्ने व्यक्ति तथा सङ्घसंस्थालाई नगदसहित सम्मान गरेको छ ।
सो अवसरमा राखेपका सदस्यसचिव सिलवालले बक्सिङतर्फ सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सुनिल शाहीलाई जनही रु ५१ हजार ५०० सहित सम्मान गर्नुभएको थियो ।
एकेडेमीले सागमा पोखरामा सञ्चालन भएका आठ वटा खेललाई सफल बनाउन भूमिका खेल्ने खेल सङ्घ, सागका १३ विषयगत समिति र खेलकूदका कर्मचारीलाई प्रशंसापत्र तथा नगदले सम्मान गरेको थियो ।
यसैगरी पत्रकार महासङ्घ गण्डकी प्रदेश, कास्की शाखा र खेलकूद पत्रकार मञ्चलाई पनि रु २१ हजारका दरले नगद तथा सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा पदक जित्ने खेलाडी तथा खेल पत्रकारलाई समेत नगदसहित सम्मान गरिएको थियो ।
यसैगरी प्याराग्लाइडिङ दुर्घटनामा निधन भएका पाइलट तथा कराते खेलाडी राजु गैरे (नेपाली)का परिवारलाई रु एक लाख एक हजार १११, टेनिस खेलाडी स्व सुरज नगरकोटीको परिवारलाई रु ५० हजार ५५० आर्थिक सहयोग प्रदान गरिएको थियो । पूर्व भलिवल खेलाडी तथा प्रशिक्षकसमेत रहेका जीवन चौधरीलाई रु ७० हजार ७७०, राष्ट्रिय महिला भलिवल खेलाडी लक्ष्मी कुमाललाई रु २१ हजार १११ र क्रिकेट खेलाडी सन्तोष न्यौपानेलाई रु ३० हजार ३३० आर्थिक सहयोग प्रदान गरिएको एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने