News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

पार्टीलाई नवीन ऊर्जा मिलेको छः पार्टी सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज देशव्यापीरुपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको जनाउनुभएको छ । आज साँझ विज्ञप्ति जारी गरी उहाँले यो ऊर्जालाई अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढङ्गले अघि बढ्ने उद्घोष गर्नुभएको छ ।

सभापति देउवाले प्रदर्शनमा भएको सहभागिताले एकाइसौँ शताब्दीका नेपाली जनता लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छन् भन्ने बलियो मत आज प्रकट भएको उल्लेख गर्नुभएको छ । उहाँले प्रदर्शनमा योगदान पु¥याउने सबैलाई बधाई र उनीहरुप्रति सम्मान पनि व्यक्त गर्नुभएको छ ।