
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
फलेबास (पर्वत) । प्राकृतिक सम्पदाताले सिंगारिएको पर्बतको फलेबास कार्किनेटाबाट बाघपाईला साप्ताहिकको आईतबारवाट प्रकाशन शुरु गरिएको छ ।
ग्रामिण पर्यटन, भौतिक पूर्वाधारको बिकाससँगै समाजका बिभिन्न क्षेत्रमा हुने बिकृति बिसंगतिका बिरुद्ध खबरदारी गर्दै जनताको सुख, शान्ति र समृद्धिका लागि सक्रिय पत्रकारिता गर्ने उदेश्यले प्रकाशित बाघ पाईला साप्ताहिकको कार्किनेटामा एक समारोहका बिच बिमोचन गरिएको छ ।
फलेबास नगरपालिका १ कार्किनेटा प्रधान कार्यालय रहेको बाघपाईला साप्ताहिकको बिमोचन फलेबास नगरपालिकाका नगर प्रमुख पद्मपाणि शर्माले एक समारोहकाबीच बिमोचन गरे । धार्मिक, ऐतिहासिक महत्व बोकेको बाघपाईला परिसरमा पत्रिकाको बिमोचन गर्दै नगर प्रमुख शर्माले साप्ताहिक पत्रिकाको प्रकाशनले ग्रामिण भेगमा ओझेलमा परेका पर्यटकिय क्षेत्रको प्रचार प्रसार र विकासमा मद्दत गरेर समग्र नगरपालिकाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
शर्माले प्राकृतिक र धार्मिक दृष्टिले निकै महत्व वोकेको बाघपाईला, डहरे देउराली, अन्धाअन्धी लगायतका क्षेत्रमा पर्यटनको बिकास गर्ने फलेबास नगरपालिकाको योजना रहेको बताउँदै डहरे क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन डिपिआर तयारका लागि संघिय मन्त्रालयमा तीन करोड बजेटको प्रस्ताव पेश गरिएको जानकारी दिए । उनले अहिलेको सरकारले स्थानीय संकटमा परेका श्रमजीवी जनताको हित र उज्यालो भविष्यको लागि बिबिध कार्यक्रमको योजना सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिदै बाघपाईला साप्ताहिकलाई स्थानीय क्षेत्रको बिकास र समृद्धिका लागि सहयोगी भूमिका निर्वाह गर्दै रचनात्मक आलोचना गरिदिन आग्रह गरे ।

फलेबास नगरपालिका वडा नं १ का वडाध्यक्ष तथा भौतिक पूर्वाधार बिकास कार्यक्रमका संयोजक बाबुराम शर्माले सिमित स्रोत साधनका बाबजुद स्थानीय निकायमा बाटो, खानेपानी लगायतका पूर्वाधारसँगै धार्मिक र पर्यटकिय क्षेत्रको प्रवद्र्धनमा जुटेको जानकारी दिए । शर्माले बाघ पाईला साप्ताहिकलाई काम गर्ने क्रममा भएका त्रुटी र कमकमजोरीलाई निधक्र्क भएर सकारात्मक ढंगले देखाई दिन पनि अनुरोध गरे ।
फलेबास नगरपालिका वडा नं २ का वडाध्यक्ष गंगानारायण श्रेष्ठले बाघ पाईला साप्ताहिकलाई जनपक्षिय ढगले रचनात्मक पत्रकारिता गरेर स्थानीय तह देशकको गौरव वढाउने काममा हातेमालो गर्न आग्रह गरे । वडाध्यक्ष श्रेष्ठले सत्य, तथ्यमा आधारित समाचारले व्यक्ति, समाज र देश सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै गलत र पित पत्रकारिताले व्यक्ति, समाज र राष्ट्रलाई धरासायी बनाउनेतर्फ सचेत रहन आग्रह गरे ।
स्थानीय समाजसेवि तथा तत्कालिन कार्किनेटा गाविसका पूर्व अध्यक्ष भवदत्त शर्माले बाघपाईलाले धार्मिक, ऐतिहासिक महत्व बोकेको भएपनि यस क्षेत्रको उचित संरक्षण र बिकाससँगै प्रचारप्रसारतर्फ चासो नदिदा ओझेलमा परेको गुनासो गरे । शर्माले स्थानीय क्षेत्रको संरक्षण र बिकासको लागि ध्यान दिन स्थानीयबासी, अगुवा र राज्यका निकायका पदाधिकारीहरुको ध्यानाकर्षण गरे ।
राष्ट्रिय सूचना संजाल कास्कीका संयोजक तथा सराङ्कोट साप्ताहिकका प्रधान सम्पादक यदूनाथ बञ्जराले देश र समाजमा भएका बिकृति बिसंगति नियन्त्रण गर्दै पारदर्शी कायम गर्न हरेक कार्यक्रम र योजना पारदर्शी हुनुपर्ने बताउँदै सार्वजनिक निकायमा पदधारणा गरेका पदाधिकारीहरुले ऐन र कानुनले तोकेका सूचना दिनुपर्ने माग राखे । बाघपाईला साप्ताहिक ग्रामिण क्षेत्रको बिकास र पहिचानमा अग्रणी भूमिका खेल्ने विश्वास गर्दै हरेक खालका बिकृति र विसंगतिका बिरुद्ध खबरदारी गर्न आग्रह गरे ।

बाघपाईला साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक पद्म श्रेष्ठले बिकासको प्रशस्त संभावना बोकेर पनि ओझेलमा पारिएका क्षेत्रको पहिचान गर्दै बिकास र समृद्धिको ढोका खोल्ने उदेश्यले पत्रिकाको प्रकाशन शुरु गरिएको बताए । पत्रिकाले हरेक क्षेत्रमा हुने सकारात्मक कामलाई प्रोत्साहन गर्दै जुनसुकै क्षेत्रमा जोसुकैले गरेका बिकृति बिसंगति बिरुद्ध खरो आवाज वुलन्द गर्दै जनपक्षिय पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रिका सबैको साझा सम्पति भएकोले निरन्तर माया, सद्भाव, सहयोगको आव्हान गर्दै प्रधान सम्पादक श्रेष्ठले सच्चा पत्रकारिताले समाजका धेरै खालका समस्याहरु समाधान गर्ने विश्वास दिलाए । उनले बाघपाईला साप्ताहिकसँगै भगिनी प्रकाशन बाघपाईला यूट्यूव च्यानल, बाघपाईलान्यूज डटकम समेत रहेकोले सधै रचनात्मक र सहयोग र आलोचनाको अपेक्षा व्यक्त गरे ।
रेडियो कास्कीका स्टेसन म्यानेजर कमल बरालले कार्यक्रममा सहभागिहरुलाई हार्दिक धन्यवाद गर्दै हरेक बिकृति र बिसंगतिका बिरुद्ध निडर भएर कलम चलाउदै न्याय, सुशाषन कायम गर्न आग्रह गरे । अहिलेको परिवेशमा ठुला शहरबाट संचालित मिडिया हाउसहरु पनि आर्थिक मन्दीका कारण धरासायी बन्दै गएकोले ग्रामिण क्षेत्रको पहिचान, बिकास र समृद्धिका लागि प्रकाशित बाघपाईला साप्ताहिकलाई सबैले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरे ।
बाघपाईला क्षेत्रको संरक्षण गरिने
बाघपाईला साप्ताहिकका प्रधान सम्पादक पदम श्रेष्ठले धार्मिक र ऐतिहासिक क्षेत्र बाघपाईलाको संरक्षणको लागि सक्रिय आवाज उठाउदै सहयोग गर्ने घोषणा गरे । उनले बाघको पञ्जा, गाईको खुर र गोठालाले हानेको लाठिको संकेत जनाउने पत्थरको आकृति खुल्ला छाडिदिदा कुनै पनि वेला बिगारिने त्रास रहेकोले तत्काल तारवार गर्न आर्थिक, भौत्तिक र नैतिक सहयोग गर्ने जानकारी दिए ।
कार्यक्रममा प्रकाशक श्रेष्ठले कार्यक्रमका प्रमुख अथिति रहेका पदमपाणिसहित सबै अतितिका लागि मायाको चिनो प्रदान गरेका थिए ।
विमोचन कार्यक्रममा ब्रेन ट्युमर पीडित बालकलाई नगद हस्तान्तर

बाघपाईला साप्ताहिक पत्रिकाको विमोचन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बाघपाईला साप्ताहिक पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक पदम श्रेष्ठलाई नगद ११ हजार हस्तान्तर गरेका छन्।
उक्त रकम ब्रेन ट्युमर पीडित फलेवास नगरपालिका वडा नं. १ का ३ वर्षे बालक रिदम शर्माको उपचारको सहयोगका लागि फनपा १ का इण्डियन आर्मीमा कार्यरत सागर श्रेष्ठ ९विपिन०ले नगद ५ हजार, अनुष्का एण्ड आयुष्मा कस्मेटिक पसलकी अनिता श्रेष्ठले १ हजारमा बाघपाईला साप्ताहिक पत्रिकाले ५ हजार थप गरेको थियो।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन