News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

म्याग्दीका जिल्ला जनसरकार प्रमुख जगतको मृत्यु

'राज्यको वेवास्ताका कारण उपचार नपाएर मृत्यु हुन पुगेको परिवारजनको आरोप'

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका जिल्ला जनसरकार प्रमुख ५८ वर्षीय गजेन्द्र पुन ‘जगत’को समयमा उपचार नपाउँदा आज मृत्यु भएको छ । पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भर्खर मात्र उहाँको मृत्यु भएको जानकारी आफन्तलाई दिएको छ । थुनुवामा रहेका वन्दीको प्रहरी प्रशासनको वेवास्ताका कारण उपचार नपाएर मृत्यु हुन पुगेको परिवारजनले बताएका छन् ।

कारागारमा एक्कासी  बेहोस हुन पुगेका जनसरकार प्रमुख पुनको सोही दिन पोखरा विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा समयमा नैं टाउकाको अप्रेशन गर्न सकिएको भए बाँच्ने जगतका भाइ यमबहादुर पुनले बताउनुभयो ।