
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले मुलुकको समृद्धिको आधार भूमि स्रोत भएको बताउनुभएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगको आयोजनामा आयोजित गण्डकी प्रदेशस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग र स्थानीय तहका पदाधिकारीबीच हुने समझदारीपत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा उहाँले भूमिको अधिकतम उपयोग गरी उत्पादनसँग जोडिने बताउनुभयो ।
वैज्ञानिक भूमि सुधार व्यवस्थापनका लागि भूपयोग कानून निर्माण गरेर नयाँ जमीनको वर्गीकरण गरिने बताउँदै मन्त्री अर्यालले प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग गर्दै कृषि उत्पादकत्व वृद्धि गरी समृद्धिका कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । “समस्याका रुपमा रहेको अव्यवस्थित र भूमिहिन सुकुम्बासी समस्या समाधानका लागि पहिलो प्राथमिकतामा राखेर वैज्ञानिक भूमि व्यवस्थापन गरिने छ”, उहाँले भन्नुभयो, “त्यसका लागि सहकारी ढाँचा, भूमि बैंकको स्थापना गर्नुका साथै बाँझो जमीन राख्न नपाइने व्यवस्था गरिने छ ।”
भूमि तथा भूउपयोग ऐनमार्फत् भूमिको नयाँ व्यवस्थापन गरिने बताउँदै उहाँले यसबाट जागिरे मानसिकतालाई तोड्दै व्यवसायी मानसिकताको विकास हुने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनमा सबै राजनीतिक दलका घोषणापत्र सुकुम्बासी एवं अव्यवस्थित वसोवासीको समस्या समाधान गर्ने साझा धारणा रहेको उल्लेख गर्दै मन्त्री अर्यालले न्यायमा आधारित भएर पीडित पक्षलाई प्राथमिकतामा राखेर काम गरिने जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको सम्पत्ति प्रयोग गर्ने सबैको समान दायित्व भएको बताउँदै प्राकृतिक स्रोत र साधनको उपयोगमा एकरुपता हुनुपर्ने बताउनुभयो । राज्यलाई आर्थिक भार नपार्ने गरी दायित्व पूरा गर्ने काममा स्थानीय तहले आयोगलाई सहयोग गर्नुपर्नेमा जोड दिँदै उहाँले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधानका लागि तीनै तहका सरकारसहित सबैको साथ र सहयोगको आवश्यकता औँल्याउनुभयो । ग्रामीण क्षेत्रमा निर्माण गरिने घरको पनि नक्सा बनाउने व्यवस्था भएमा त्यसैको आधारमा विकास निर्माणसँगै अन्य व्यवस्थापनमा सहयोग पुग्नेमा उहाँको जोड थियो ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले लिपियाधूरासहितको नयाँ नक्सा प्रकाशन र पहिलोपटक सगरमाथाको उचाइ मापन गरेर महत्वपूर्ण काम गरेको बताउँदै उहाँले अब नेपालको कूल भूभागको अध्यावधि गरिनुपर्नेमा जोड दिनुभयो । भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवालीले कानूनी रुपले सम्पन्न आयोगले मुलुकमा पूर्णरुपले अव्यवस्थित र सुकुम्बासी समस्याको समाधान गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो ।
पहिलो चरणमा मुलुकका १८७ पालिकामा आयोगले काम शुरु गर्ने बताउँदै उहाँले भन्नुभयो, ‘‘यसअघि प्रदेश नं १, २, वाग्मती र गण्डकीमा स्थानीय तहसँग सम्झौता भइसकेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा निकट भविष्यमा सम्झौता गर्ने कार्यक्रम रहेको छ ।’’
कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले आयोगको सक्रियताले मुलुकमा कोही पनि सुकुम्बासी नरहने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले मुलुकबाट सुकुम्बासी समस्या समाधानका लागि प्रदेश सरकारले सङ्घ र स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढने विश्वास व्यक्त गर्नुभयो ।
आयोगका केन्द्रीय सदस्य भीम कार्कीले गण्डकी प्रदेशका ३८ स्थानीय तहसँग आज सम्झौता आदानप्रदान गरिएको बताउँदै आयोगले सुकुम्बासीका लागि रातो र अव्यवस्थित वसोवासीलाई सेतो रङका छुट्टाछुट्टै फारम तयार गरेको जानकारी दिनुभयो । आयोगका अर्का केन्द्रीय सदस्य एकबहादुर राना, आयोगका सचिव वसन्त पन्थी लगायतले आयोगले गरेका गतिविधि एवं भावी कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल