
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
दमौली । तनहुँको देवघाट गाउँपालिका–५ स्थित ऐतिहासिक महत्वको चक्रवर्ती मन्दिरमा रहेका देवलको उत्खनन शुरु भएको छ । पुरातत्व विभागको टोलीले मन्दिरमा रहेका देवलको उत्खनन शुरु गरेको हो ।
चार दिनदेखि विभागको टोलीले देवलको उत्खनन थालेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । “धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्वको क्षेत्र देवघाटधामको मध्यभागमा अवस्थित चक्रवर्ती मन्दिर परिसरमा भग्न अवस्थामा रहेका देवलको उत्खनन् कार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “उत्खनन थप १५ दिनसम्म चल्नेछ ।” देवल उत्खनन्का लागि दैनिक २० जना कामदार खटिएका छन् ।
उत्खनन् कार्यले देवल कुन शैली, कुन ढाँचा र कस्तो कला संस्कृतिको हो भनेर पहिचान गर्न सहयोग पुग्नेछ । “केही महत्वपूर्ण चिज छन् कि भन्नलाई पनि उत्खनन्ले सहयोग पुग्छ”, पौडेलले भन्नुभयो । भग्न अवस्थामा रहेको चक्रवर्ती मन्दिर दुई वर्ष पहिला पुरातत्व विभागले रु ८० लाखको लागतमा पुनःनिर्माण गरेको थियो ।
उत्खनन् हुँदै गर्दा पाल्पाका राजा मुकुन्दसेनले विसं १५०६ मा चक्रवर्ती मन्दिरको समुद्घाटन गरेको शिलालेख भेटिएको छ । सो शिलालेखलाई हाल निर्माण गरिएको चक्रवर्ती मन्दिरको बाहिरी भागमा देखिने गरी राखिएको छ । चक्रवर्ती मन्दिर सिमेन्ट र फलामको प्रयोग नगरी निर्माण भएको छ ।
“देवघाट ऐतिहासिक, पुरातात्विक महत्वको संवेदनशील क्षेत्र हो”, अध्यक्ष पौडेलले भन्नुभयो, “पुरातत्व विभागले जिल्ला समन्वय समिति, देवघाट गाउँपालिका, क्षेत्र विकास समिति लगायतलाई पत्राचार गरेर उत्खनन गरिरहेको छ । ”
उत्खननपछि पुनःनिर्माण गर्दा कस्तो बनाउने भन्ने डिजाइन तयार गरिनेछ । मन्दिरको मूल गृह पुनःनिर्मित मन्दिर नै रहने र देवी, गणेश, भैरव, सूर्यका भग्नावशेष संरचनाको ढाँचा र शैली, जग, बरण्डा कस्तो छ भनेर छलफल गर्ने र पुनःनिर्माणको योजना बनाइने जनाइएकोे छ । “बनाउनसक्ने बजेट नभए त्यसलाई सुरक्षित गरेर राख्ने र दर्शनीय बनाउने जिम्मेवारी पनि पुरातत्व विभागकै हो”, उहाँले भन्नुभयो ।
कालीगण्डकी किनारमा रहेको देवघाटधामको इतिहास मुकुन्दसेनसँग जोडिएको छ । देवघाटधाममा मध्यकालीन भग्नावशेषका रुपमा मुकुन्दसेनले पञ्चदेवल निर्माण गरेका थिए । साथै मणि मुकुन्दसेनको श्री विग्रह शिला पनि रहेको छ । जसलाई चक्रशीलाको नामले चिनिन्छ । मुकुन्दसेनले देवघाटधाममा १२ वर्ष तपस्या गरेको किंवदन्ती रहेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो