
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१०व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने जनाएको छ । श्रेष्ठको शुक्रबार ८० वर्षको उमेरमा निधन भएको थियो ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले यही मङ्सिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
बैठकले मङ्सिर २८ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने निर्णयसमेत गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
यसैगरी स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्ला काठमाडौँले भौतिक (सामाजिक) दूरी कायम गर्दै शोक सभाको आयोजना गर्ने पार्टी कार्यालयले जनाएको छ ।
बैठकमा श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति सम्मान प्रकट गर्न र भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न एक मिनेट मौनधारण गरिएको थियो । बैठकले उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
विसं २०१८ मा निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ पर्नुभएका स्व श्रेष्ठले पटक–पटक गरी १७ वर्षभन्दा लामो समयसम्म बन्दी जेलजीवन बिताउनु भएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका नेता श्रेष्ठ लोकतान्त्रिक मूल्य पद्धतिप्रति अविचलित आस्था, सादगीपूर्ण जीवन र निष्ठाको राजनीतिको प्रतिमूर्तिका रुपमा समेत परिचित हुनुहुन्थ्यो ।
विसं २०५१ को मध्यावधि निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट पार्टीका तर्फबाट उम्मेदवार र २०५६ सालमा कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौँको सभापति, विसं २०७२ मा जननायक बिपी कोइराला स्मृति ट्रष्टद्वारा बिपी सेनानी सम्मानबाट विभूषित स्व श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन/सङ्घर्ष र पार्टी सङ्गठनमा पु¥याउनुभएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने कांग्रेसले उल्लेख गरेको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी