
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिताका माध्यमबाट मुलुकको आर्थिक विकासमा सहयोग गर्न आम सञ्चारमाध्यमसँग अपिल गर्नुभएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)को पाँचौँ महासभालाई आज समापन गर्दै उहाँले कोभिड–१९ सँगै ओरालो लागेको मुलुकको आर्थिक अवस्था उकास्ने गरी भ्रामकभन्दा पनि सत्यसथ्य समाचार प्रकाशन/प्रसारण गर्न आग्रह गर्नुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “जनतालाई सही सूचना दिँदै सभ्य समाज निर्माण गर्न, आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ, त्यसैले आचारसंहिता र मापदण्डभित्र रहँदै पत्रकारिता क्षेत्र परिपक्व र जिम्मेवार बन्न जरुरी छ ।” उहाँले नेपाली पत्रकारिता क्षेत्र उद्ययमशील बन्नुपर्ने बताउँदै मिडियामा हरेक हिसाबले लगानीकर्ता बलियो हँदै जाने र श्रमजीवी पत्रकार कमजोर हुँदै जाने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अबको पत्रकारिता देशको आर्थिक उत्थानमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका पत्रकार मोदनाथ ढकाललाई निर्वाचित गरेको छ । त्यसैगरी रेडियो नेपालका भुवन आचार्य र आर्थिक न्युजका मेनुका कार्की उपाध्यक्षमा चयन हुनुभएको छ । महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य, सहसचिव बिजपाटीका महमल अजमत अली र कोषाध्यक्षमा नोटबजारका परमेश्वर अधिकारी चयन हुनुभएको छ ।
महासभाले आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणीन्द्र दाहाल, बाह्रखरीका रोबिन पौडेल, अनलाइनखबरका नवीन ढुङ्गाना र नेपालखबरका दीपक भट्टलाई सदस्यमा चयन गरेको छ । कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सीताराम भट्टराई स्वतः कार्यसमिति सदस्य हुनुहन्छ । नवनिर्वाचित अध्यक्ष ढकालले संस्थाले आगामी दिनमा पेशागत सरोकार राख्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध विकास गर्ने बताउनुभयो ।
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय