
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
६प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
७अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
१०पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
११न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
खेमराज गौतम
गलकोट । व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा बागलुङका दुई महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक रु एक लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
जिल्लाको काठेखोला गाउँपालिका–८ कादेशकी लालकुमारी पुन र बागलुङ नगरपालिका–३ मूलपानीकी शरु बस्नेतले व्यावसायिक तरकारी खेतीबाटै मासिक रु एक लाख बढी कमाउँदै आएका छन् । लालकुमारी अब कृषक मात्र होइन, उहाँको अहिले व्यावसायिक कृषकको गर्विलो परिचय गाउँपालिकामा बनेको छ । त्यस्तै म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ काउलेगैडा घर भई बागलुङ नगरपालिका–३ मा आठ वर्षदेखि व्यावसायिक कृषि गर्दै आउनुभएका शरु पनि जिल्लामा अब्बल महिला कृषकका रुपमा परिचय बनाउँदै आउनुभएको छ ।
चौध वर्षदेखि कृषिमा समर्पित लालकुमारी गाउँका अन्य दाजुभाइ दिदीबहिनीलाई समेत व्यावसायिक कृषि पेशामा लाग्न अभिप्रेरित गर्दै आउनुभएको छ । महिलालाई झट्ट विश्वास नगर्ने नेपाली समाजमा त्यतिबेला ठूलै हिम्मत बटुलेर निर्वाहमुखी खेती प्रणालीलाई बदलेर व्यावसायिक बाटो रोजेको पुनको भनाइ छ । ४३ वर्षीया लालकुमारीले आफ्नो जग्गा जमिनका साथै केही जग्गा भाँडामा समेत लिएर २० रोपनी जग्गामा बेमौसमी र मौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ । “हालै मात्र पाँच हजार केजी बेमौसमीरुपमा उत्पादित ब्रोकाउली बिक्री गरे, १४ वर्षदेखि व्यावसायिक तरकारी उत्पादनमा सक्रिय छु, मैले मौसमीभन्दा बढी बेमौसमी तरकारी उत्पादनमा बढी जोड दिएको छु”, पुनले भन्नुभयो “मौसमी तरकारीको भाउ नआउने भएकाले बेमौसमी उत्पादन गर्नतर्फ बढी अग्रसर भएको छु ।” हालै मात्र रु तीन लाखको बेमौसमी ब्रोकाउली मात्रै बिक्री गरेको उहाँको भनाइ छ ।
यस्तै एउटी महिला, म्याग्दीबाट बागलुङमा आएर व्यवसाय गर्ने कति ठूलो आँट, शरुलाई खुच्याउँदै छिमेकीले भनेका थिए तर घर छोडेर हिँडेपछि गरेर देखाउनुपर्छ, कमाएर खानुपर्छ भन्ने आँट बोकेर श्रीमान्श्रीमती मिलेर व्यावसायिक तरकारी खेती शुरु गरेको शरुको भनाइ छ । शरुलाई उहाँका श्रीमान् योगेन्द्रले हरेक काममा सघाउनु हुन्छ । बस्नेत दम्पतीले व्यावसायिक रुपमा तरकारी खेती गर्न बस्नेत तरकारी फर्म दर्ता पनि गर्नुभएको छ ।
विसं २०६९ मा बागलुङ नगरपालिका–३ मूलपानीमा तीन रोपनी जग्गा भाडामा लिएर व्यावसायिक तरकारी थाल्नुभएका बस्नेत दम्पतीले तरकारी व्यवसाय फस्टाउँदै गएपछि हाल स्थानीयको २० रोपनी जग्गा भाडामा लिनुभएको छ । भाडाको जग्गामा १५ वटा टनेल र केही खुलारुपमा व्यावसायिक तरकारी उत्पादन गर्दै आएको शरुले बताउनुभयो । “भाडाको जग्गा लिएर व्यावसायिक तरकारी खेती गर्दै आएका छौँ”, बस्नेतले भन्नुभयो, “बन्दाबन्दी अगाडिसम्म राम्रै आम्दानी भएको थियो, अहिले अलि बजार कम भएको छ ।” जग्गाको भाडामात्र वार्षिक रु दुई लाख छ ।
यस्तै लालकुमारीको बारीमा अहिले ५०० बोट अकबरे खुर्सानी पनि उत्पादनको चरणमा छ । अकबरे हरियो खुर्सानी, अचारलगायतका परिकार बनाएरसमेत बिक्री गर्दै आएको पुनको भनाइ छ । वडास्तरीय कृषि समितिको संयोजकसमेत रहनुभएका लालकुमारीले आफूले मात्रै हैन, वडाका अन्य कृषकलाई समेत कृषि पेशामा आत्मनिर्भर गराउने गरी योजना लिएर अगाडि बढेको बताउनुहुन्छ । “मैले बेमौसमी तरकारी खेतीमा जोड दिएको छु, तितेकरेलो, ब्रोकाउली, गोलभेँडालगायतका तरकारी अहिले तयारीमा छन्”, पुनले भन्नुभयो, “कतै तरकारी नपाइने समयमा मेरोमा बारीभरि तरकारी हुन्छ, मूल्य पनि भनेको जति पाइन्छ, आम्दानी राम्रै हुन्छ ।” बीस रोपनी जग्गामा तरकारी खेती गर्दै आउनुभएका पुनलाई उहाँका तीन छोरीले काममा सघाउँदै आएका छन् ।
बस्नेतको तरकारी फर्ममा हाल सात वटा हाइटेक र आठ परम्परागत टनेलमा टमाटर, धनियाँ, साग, घिरौँला, काउली, बन्दा र करेलालगायतका मौसमी र बेमौसमी तरकारी उत्पादन हुँदै आएका छन् । बस्नेत दम्पतीले तरकारी फर्मबाट वार्षिक रु १२ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तरकारी व्यसायमा विचौलियाको अन्त्य हुनपर्ने उहाँको धारणा छ । “हामीले वर्षभरि मेहनत गरेर तरकारी उत्पादन गर्छौं”, बस्नेतले भन्नुभयो, “यहाँबाट रु ५० मा खरिद गरेको तरकारी बजार पुग्दा रु १५० पुग्छ, विचौलियाले एकै दिनमा १०० कमाउँछ ।” विचौलियाको कारणले व्यवसायमा सोचेजस्तो नाफा नभए पनि खान बस्न भने पुगेको उहाँको भनाइ छ । उहाँले परम्परागत भन्दा हाइटेक टनेलमा राम्रो तरकारी उत्पादन गर्दै आउनुभएको छ ।
तरकारी खेतीबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आउनुभएकी लालकुमारीले ज्याला, जग्गा भाँडालगायतका खर्च कटाएर वार्षिक रु छ लाख बचत गर्दै आएको बताउनुभयो । चार वर्षदेखि ऋषिका कृषि फर्मसमेत दर्ता गरेर व्यावसायिक फर्म सञ्चालन गर्दै आउनुभएको छ । पुनको फर्ममा एक हाइटेक र चार अस्थायी टनेलमार्फत बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । उहाँ कृषि ज्ञान केन्द्र पर्वतबाट उत्कृष्ट कृषकको रुपमा विसं २०७५ मा पुरस्कृत हुनुभएको थियो । कृषि ज्ञान केन्द्रबाट रु एक लाख ९० हजारको अनुदानसमेत प्राप्त गरेको लालकुमारीले बताउनुभयो ।
पन्ध्र रोपनी जग्गा भाँडामा लिएर खेती गर्दै आउनुभएका उहाँले वार्षिक रु ५० हजार जग्गाको भाँडा मात्रै तिर्नुहुन्छ । थोपा सिँचाइ प्रविधिको प्रयोग गर्दै आउनुभएका पुनले कृषिमा प्रविधिको प्रयोगसँगै बेमौसमी तरकारी उत्पादनमा सहज भएको बताउनुभयो । अझै चार वटा टनेल थप्ने योजनामा रहेको पुनले बताउनुभयो । तरकारी उत्पादन गर्नसके बजारको चिन्ता नरहेको उहाँको अनुभव छ ।
पुनको अगुवाइमा कादेश कृषि सहकारी सञ्चालन, कृषि समूह दर्तालगायतका कार्य गरेको उहाँको भनाइ छ । बाँझो जग्गा उपयोग गरी महिला आत्मनिर्भर हुन आवश्यक रहेको उहाँले बताउनुभयो । वार्षिकरुपमा लसुन, टमाटर, आलु, प्याज, बन्दा, काउलीलगायतका तरकारी खेतीसमेत उहाँले गर्दै आउनुभएको छ ।
यस्तै बस्नेतको फर्ममा तरकारीका साथसाथै बाख्रा पनि छन् । अलि पहिलेसम्म १७ वटा बाख्रा थिए, भर्खरै बेचेर १० वटामात्रै रहेका छन् । उहाँले प्रधानमन्त्री कृषि आधुनिककीकरण परियोजनामार्फत गण्डकी प्रदेश सरकारले हाइटेक टनेल निर्माण गर्न रु चार लाख अनुदान प्राप्त गरेको शरुले बताउनुभयो । उहाँले विचौलियाको अन्त्य भएमा आफूजस्ता अरु कृषक पनि तरकारी व्यवसायमा लाग्ने बताउनुभयो । तरकारी फर्ममा हालसम्म रु ३० लाख लगानी भइसकेको छ । उत्पादन भएको तरकारी बागलुङ बजार, गलकोट तथा बुर्तिवाङमा बिक्री हुँदै आएको छ । बजारको समस्या नभए पनि भनेजस्तो तरकारीले मूल्य नपाएको उहाँको गुनासो रहेको छ । उहाँले काउली, बन्दा तथा गोलभेँडाको नर्सरीमा बिरुवासमेत उत्पादन गर्नुभएको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु