
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
पोखरा । पत्रकार प्रदीप पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित हुनु भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पत्रकार पौडेललाई नगद २० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
गण्डकी मेडिकल कलेज(जिएमसी)का प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पौडेललाई सम्मान गर्नुभएको थियो । पत्रकार पौडेल रेडियो बाराही र इमेज टेलिभिजनमा आवद्ध हुनुहुन्छ ।
जिएमसीका प्रिन्सिपल श्रेष्ठले प्रेस जगतले निर्वाह गर्ने भूमिका महामारी, महासंकट र महाविपत्तिमा अझै सशक्त र जिम्मेवारपूर्ण हुने विचार व्यक्त गर्नुभयो । उहाँले विरामी खर्चकै अभावमा उपचारबाट बञ्चित हुनुपर्ने अवस्था आउन नदिन सबै पक्ष जिम्मेवारी बन्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले विभिन्न संघ, संस्थाले यसरी प्रदान गर्ने पुरस्कारले क्रियाशील पत्रकारहरुमा ऊर्जा थपिने र अझ जिम्मेवार हुन प्रोत्साहन मिल्ने बताउनुभयो ।
प्रतिभा छनोट समिति संयोजक रवीन्द्र बास्तोलाले स्वास्थ्यबारे सर्वसाधारणलाई सचेत बनाउन र यो क्षेत्रमा हुने कमी, कमजोरीलाई सच्याउन पत्रकारिता जगतको अहम् भूमिका रहेको बताउनुभयो । करिब डेढ दशकदेखि पत्रकार पौडेलले यस्तै भूमिका निर्वाह गर्दै आएकोले पुरस्कारका लागि छनोट गरिएको संयोजक बास्तोलाले जानकारी दिनुभयो । प्रतिभा छनोट समितिका सदस्यहरुमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव तिवारी र इन्सेक गण्डकी प्रमुख शिव खकुरेल हुनुहुन्थ्यो ।
रेडियो बाराहीका प्रबन्ध निर्देशक रमेश पौडेलले नागरिक पत्रकारिता मौलाउँदै गरेको यो युगमा मिडियाको दायित्व र भूमिका अझ गहन र गम्भीर भएको बताउनुभयो । पुरस्कृत पत्रकार प्रदीप पौडेलले पुरस्कारले आफूमा ऊर्जा थपेको र थप जिम्मेवारीबोध गराएको उल्लेख गर्नुभयो ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले युआरएलले ७ वर्षको अवधिमा करिब एकसय वटा स्वास्थ्य शिविर गरी सर्वसाधारणलाई सचेतनासहित निशुल्क सेवासमेत प्रदान गरेको जानकारी दिनुभयो । प्रबन्ध निर्देशक पन्तले भन्नुभयो–‘सामाजिक उत्तरदायित्व वहन गर्दै हामी गुणस्तरीय सेवा सर्वसाधारणसम्म पु¥याउन प्रतिवद्ध छौं ।’
प्रबन्ध निर्देशक पन्तले चाडै युआरएलले स्याङ्जाको वालिङ र लमजुङको वेशीसहरमा शाखा विस्तार गर्न लागेको जानकारीसमेत दिनुभयो । उहाँले गण्डकी प्रदेशभर कुनै न कुनै माध्यमले सेवा विस्तार गरी सर्वसाधारणलाई गुणस्तर सेवा दिने संस्थाको मुख्य उद्देश्य रहेको खुलाउनुभयो ।
सञ्चारकर्मी एवम् गायक सन्तोष बस्यालले युआरएलले यो पुरस्कार हरेक वर्ष गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रमा क्रियाशील एक पत्रकारलाई प्रदान गर्दै आईरहेको बताउनुभयो । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बञ्जारा र सुरेन्द्र पौडेल सम्मानित भईसक्नु भएको छ ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई