
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आह्वान गरिएको सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठकमा सत्तापक्ष र मुख्य प्रतिपक्षी दलले गणतान्त्रिक परिवर्तनका पक्षमा समान मत व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी नेताहरुले नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिँदै राजतन्त्रका नाममा देखिएका गतिविधि र मुलुकमा भएका विभिन्न हिंसात्मक कार्यको विरोध गर्नुभयो ।
बैठकको शुरुमै प्रधानमन्त्री ओलीले जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गर्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । बैठकको अन्त्यमा प्राप्त सुझावलाई सकारात्मकरुपमा ग्रहण गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता पनि प्रधानमन्त्री ओलीले गर्नुभएको थियो ।
बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले सरकारले प्रभावकारी कार्यसम्पादन र कोभिड–१९ को नियन्त्रणमा ध्यान दिन सक्नुपर्ने बताउनुभयो । उहाँले सरकारले दिने सेवा र काम प्रभावकारी नभएमा पुरातन शक्तिको गतिविधिले प्रश्रय पाउने बताउँदै सरकारलाई जनहितमा प्रभावकारी काम गर्न आग्रह गरिएको जानकारी दिनुभयो । उहाँले विद्यमान प्रणालीविरुद्ध भएका गतिविधिप्रति कांग्रेसको विरोध हुने पनि स्पष्ट गर्नुभयो ।
बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री एवं नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो । त्यस्तै कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला र डा महत तथा जनसमाजवादी पार्टीका नेता महन्थ ठाकुर र उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता दीपक बोहरा, राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा र नेपाल मजदूर किसान पार्टीबाट नेता प्रेम सुवाल उपस्थित हुनुहुन्थ्यो ।