
 १मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन २सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
२सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ ३कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
३कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ ४गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
४गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश ५जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
५जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ ६कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
६कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’ ७२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ
७२४ भदौमा लुटिएको प्रहरीको पेस्तोल पड्काउँदै भिडियो बनाएको आरोपमा दुई युवक पक्राउ ८गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई
८गीतकार सम्मान पत्रकार आरजु विष्ट ‘सल्यानी’लाई ९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ १०उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह
१०उपल्लो मुस्ताङमा हिमपात, मुक्तिनाथ यात्रा नगर्न आग्रह ११अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो
११अन्नपूर्ण पदयात्रामा पर्यटक फसे, उद्धार टोली खटियो १२५३ मृतकका परिवारलाई ८ करोड राहत
१२५३ मृतकका परिवारलाई ८ करोड राहत १चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या २‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’ ३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव ! ४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी ५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की ६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ ७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव ८आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
८आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल ९विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग १०इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
१०इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते ११पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु
११पाँचथरमा बलेरो दुर्घटनामा छ जनाको मृत्यु १२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा 
 राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे पर्वतको काखमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण सुनदेवी ताल ओझेलमा परेको छ ।
आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको विकास हुन नसक्दा ऐतिहासिक महत्व भएर पनि यो ताल ओझेलमा परेको स्थानीयवासीको गुनासो छ ।
धार्मिक एवं पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण रहेको यो ताल क्षेत्रसम्म पुग्ने सडकसमेत निर्माण नगरिँदा यस क्षेत्रले चर्चा पाउन सकेको छैन । सडक यातायात र प्रचारप्रसारको अभावमा आन्तरिक थोरै मात्र पर्यटक यस क्षेत्रसम्म पुग्दै आएका छन् । करिब ७०० मिटर लम्बाइ र ४०० मिटर चौडाइ भएको सुनदेवी तालको पानी हावाको वहाबसँगै निलो र पहेँलो रङगको देखिने गरेको छ ।
तालमा रहेको पानी सुन जस्तै एकनासको पहँलो देखिने गरेकाले यस तालको नाम सुनदेवी रहन गएको बताइएको छ । तालको वरिपरी घना वन क्षेत्र भए पनि तालमा रुखबाट खस्ने पात भने कहीँकतै पनि देखिदैन । ताल सधैँं सफा रहने गरेको पाइन्छ । चारैतिर पहाडले घेरिएको यो ताललाई जतातिरबाट हेरेपनि चौडाइ र लम्बाइ ठम्याउन निकै मुस्किल हुन्छ । चारैतिर पहाड र घना सालको वनको बीच भागमा स्थित सुनदेवी तालको मनमोहक दृश्यले यहाँ पुग्ने पर्यटकलाई मन्त्रमुग्ध पार्ने गरेको छ । नगरपालिकाको झलारी बजारदेखि झण्डै १५ किलोमिटरको दूरीमा रहेको यो तालसम्म पुग्नका लागि आठ किलोमिटर निजी सवारी साधनमा र त्यसपछि पैदल हिड्नुपर्ने हुन्छ ।
नगरपालिकाको वडा कार्यालयले बस्ती रहेका क्षेत्रसम्म सडकको स्तरोन्नति गर्ने कार्यलाई अगाडि बढाए पनि मनोरम पर्यटकीय क्षेत्रसम्म पुग्नका लागि भने सडक निर्माणको पहल गरेको पाइदैन । स्थानीय विद्यालयका विद्यार्थीले पिकनिक खान र धार्मिक पर्यटक भने सुनदेवीको दर्शनका लागि यहाँ आउने गरेका छन् । “यो तालमा माछा भने देखिदैनन्”, स्थानीयवासी लालबहादुर महराले भन्नुभयो, “चुरे क्षेत्रका अधिकांश तालमा माछा पाइने गरे पनि यस तालमा हालसम्म माछा देखेका छैनौं ।”
तालका वरिपरी पाटे बाघका पदचिन्ह जताततै सहजै देखिन्छन् । विभिन्न प्रजातिका मयुर, मैना, लाटोकोसेरो, कालिज, हाँस, धनेसलगायतका चराको चहलपहलले यस क्षेत्रमा पुग्नेहरु प्रकृतिको अनुपम आनन्द लिन पछि पर्दैनन् । बाँदर, लगुना, मृग, बँदेलले भने बाटोमै हिँड्दै गर्दा बिचमै देखा पर्ने गरेका छन् । ताल छेउमा स्थानीय बासिन्दाले पूजा गर्दै आएको सुनदेवीको पुरानो खुला आकासमुनिको काठको छाना भएको सानो भगवतीको थापनासमेत छ । थापनास्थलमा सन् १६७३ का पुराना ठूला घण्टी राखिएकाले यो क्षेत्र प्राचीनकालदेखिनै धार्मिक क्षेत्रका रुपमासमेत परिचित रहेको पुष्टि हुन्छ ।
ताल नजिकै रहेको सुनदेवीको थपनामा भाकल गरे निसन्तानले सन्तान प्राप्त हुने जनविश्वासका कारण यस क्षेत्रमा नवरात्रका बेला भाकल गर्ने र बर माग्नेको घुइँचो लाग्ने गरेको छ । नवरात्र, दशैँ, तिहार, माघे सङ्क्रान्तिमा पूजापाठ र भाकलका लागि यहाँ भक्तजन पुग्ने गरेको वातावरण सामुदायिक वनका अध्यक्ष पुस्कर सिंहले बताउनुभयो । उहाँका अनुसार विवाह, व्रतबन्धन र स–साना नानीको कपाल मुण्डनका लागि भक्तजन यहाँ पुग्ने गरेका छन् । “त्यो सङ्ख्या भने थोरै मात्र रहने गरेको छ” उहाँले भन्नुभयो ।
तालको पानी निकास हुने क्षेत्रमा वर्षेनी पहिरो जाने क्रम नरोकिएकाले तालनै नासिने चिन्ता स्थानीयवासीमा देखिएको छ । तालको दक्षिणतर्फ झण्डै सात किलोमिटर टाढाको स्टेशनपुर क्षेत्र अङ्ग्रेजहरुले काठ ओसार्नका लागि रेल स्टेशनका रुपमा प्रयोग गर्ने गरेकाले यो क्षेत्र एतिहासिकस्थानका रुपमा रहेको शिवराज भट्टले बताउनुभयो । स्टेशनमा अङ्ग्रेजले झण्डा गाडेको स्थानलाई हाल झण्डा बोझ नामले चिनिने गरेको छ ।
जङ्गबहादुर राणालाई अङ्ग्रेजले नयाँमुलुक फिर्ता दिएपछि रेलका फलामका डण्डी हटाइएका यहाँका बुढापाका बताउँछन् । अझै पनि जङ्गलका बीचमा रेल कुदाउनका लागि बनाइएको पगडण्डीका बीचमा राखिएका काठ देखिने गर्दछन् । सुनदेवी ताल एतिहासिक महत्वको भए पनि यसको प्रचारप्रसार र संरक्षणका लागि कुनै पनि निकायले चासो नदेखाउँदा ओझेलमा परेको स्थानीयवासीको भनाइ छ । सुनदेवी तालसम्म पुग्ने सडक र यसको पूर्वाधार विकासका लागि कार्य अगाडि बढाउन सके यसले पर्यटकलाई सहजै तान्न सक्ने सम्भावना छ ।
ताल क्षेत्रको विकासमार्फत पर्यटन व्यवसायलाई अगाडि बढाउन सकिने स्थानीयवासीको भनाइ छ । स्थानीयवासीका अनुसार सुनदेवी ताललाई आकर्षणको केन्द्र बनाई आयआर्जन तथा रोजगारी बढाउने खालका व्यवसाय सञ्चालन गर्ने अवसरको सिर्जना गर्न सके यस क्षेत्रको तीव्ररुपमा विकास गर्न सकिन्छ ।
 १चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या २‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’ ३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव ! ४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी ५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की