
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६डुलुवाको अध्यक्षमा योगेश भट्टराई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
नारायण ढुङ्गाना
काठमाडौँ । सरकारले सीमा क्षेत्रमा सुरक्षा उपस्थितिलाई बढाएर विगतभन्दा अब्बल बनाउँदै लगेको छ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाउँदै निगरानीमा कडाइ थालेपछि अतिक्रमणदेखि सीमा क्षेत्रमा हुने विवाद, सीमापार हुने अपराध र चोरी तस्करीका घटनामा कमी हुन थालेको गृहमन्त्रालयको निष्कर्ष छ ।
मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सीमा सुरक्षालाई विशेष प्राथमिकता दिँदै पछिल्लो सक्रियताले सकारात्मक परिणाम देखिन थालेको र अझै सुरक्षालाई अब्बल बनाउँदै लैजाने योजना सुनाउनुभयो । उहाँका अनुसार सो योजना र निगरानीका कारण सीमापार हुने अपराध, चोरी निकासी, वन्यजन्तु र अवैध लागुऔषध ओसारपसार रोक्न सफल भएको छ ।
नेपालको सीमा क्षेत्रमा दुई वर्षअघि ८७ सीमा निगरानी चौकी (विओपी) रहेकामा अहिले १९२ वटा पु¥याएर उपलब्धिपूर्ण काम भएको छ । गत फागुनपछि भने चौकी स्थापनालाई सरकारले थप तिब्रता दिएको हो । विकट क्षेत्रमा समेत सीमा चौकीहरु स्थापना हुने क्रम जारी छ । यही वर्षमा नै चौकी बढाएर २२१ वटा पु¥याउने र निकट भविश्यमा ५०० बनाउने योजना सरकारको छ । अहिले भारततर्फ १८५ र चीनतर्फ सात चौकी छ ।
सीमा क्षेत्रमा एक विओपीमा ३५ देखि ५० सम्म रहेका छन् । विओपी थपिए पनि जनशक्ति थप नहुँदा सशस्त्र प्रहरीले आन्तरिक रुपमा व्यवस्थापन गर्दै आएको छ । कुल ५०० विओपी पु¥याउने १० हजार जनशक्ति थप्नुपर्ने योजनासहितको प्रतिवेदन यसअघि सशस्त्र प्रहरीले गृहमन्त्रालयमा बुझाइसकेको छ । मन्त्रालय जनशक्ति थप्ने कुरामा सकारात्मक छ ।
सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्याल अहिलेसम्म राजस्वमा खटिएकालाई छुटाएर आन्तरिक स्रोतबाट जनशक्ति परिचालन गरिएको र अब भने जनशक्ति थप्नुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । भारतले लिपुलेक क्षेत्रमा एकलौटी रुपमा सडक बनाएर उद्घाटन गरेपछि दार्चुलाको छाङ्रुमा भने एकीकृत विकास योजनाका साथ अध्यागमन कार्यालयसहितको सशस्त्र प्रहरीको गुल्म स्थापनाको काम थालिएको छ । त्यस क्षेत्रमा पर्ने नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतको नियन्त्रणमा छ ।
सरकारले ऐतिहासिक काम गर्दै भारतले नियन्त्रणमा लिएको नेपालको भूभाग समेटेर नक्सा सार्वजनिक गर्नु आफैँमा सीमा रक्षाको महत्वपूर्ण निर्णय भएको सीमाविद्ले बताउँदै आएका छन् । नक्सा सार्वजनिकपछि ६० वटा विओपी स्थापना भइरहेको छ । मङ्सिरमा मात्रै चितवनको माढी, बाराको बेनौली, पाँचथरको थालोट र इलामको जौबारीमा चार विओपी स्थापना भएको छ । त्यसअघि कात्तिकमा पाँचथरकै तोरीफूले, इलामको कालापोखरी, पर्साको ब्रह्मानगर, जिराभवानी र मिर्जापुर (ठिकरमाइ) तथा सर्लाहीको भाडसारलगायत १४ स्थानमा विओपी स्थापना गरिएको थियो । ताप्लेजुङको ओलाङ्चुङगोला, सङ्खुवासभाको किमाथाङ्का, मुस्ताङको लोमाङ्थाङ, हुम्लाको हिल्सालगायतमा विओपी स्थापना भइसकेको सशस्त्र प्रहरीका प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
विवादित क्षेत्रको समस्या सुल्झाउन परराष्ट्र मन्त्रालयसँगको समन्वयमा आवश्यक पहल भइरहेको जनाइएको छ । सीमा निगरानीका लागि मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारीलाई स्पष्ट निर्देशन दिँदै अध्ययन गरी नियमित रुपमा प्रतिवेदन बुझाउन भनिसकेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताउनुभयो । हराएका सीमास्तम्भको खोजी, त्यहाँको सुरक्षा अवस्था र चुनौतीको बारेमा निगरानी थालिएको कोभिड–१९ का कारण सीमा आवतजावत रोकिएकामा कोरोना सकिएपछि पनि आवतजावतमा क्षेत्र सिमित गर्ने र स्पष्ट बुझिने परिचयपत्रलाई अनिवार्य गर्ने योजना समेत मन्त्रालयको छ । प्राप्त विवरणमा भारतसँग जोडिएको २६ मध्ये २३ जिल्लाको ७२ स्थानमा सीमा विवाद छ ।
नेपालका विभिन्न विकट क्षेत्रको सीमा क्षेत्रमा भारतीय सुरक्षा फौज तैनाथ गरिएको दसकौँ भइसकेकाले नेपाली सीमा क्षेत्रमा भने न्यून सुरक्षाकर्मी उपस्थित छन् । त्यसलाई बढाएर सीमा क्षेत्र चुस्त बनाउन सर्वसाधारणले समेत माग गर्दै आएका छन् । नेपाली भूभागमा सुरक्षाकर्मीको उपस्थिति कमजोर हुँदा बेलाबेलामा भारतीय पक्ष र नेपालीबीच झडपका घटनासमेत भएका थिए ।