News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

वन विनास गरी शवदाह गृह निर्माण गरेमा संघर्ष गर्ने चेतावनी

स्थानीयवासी, वन संरक्षण पक्षधर र आमजनताको साथमा रहेर संघर्ष गर्ने सेक्रेटरी विश्वासको भनाई

पोखरा । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीले शान्ति वन वाटिकामा वन विनास गरी, पर्यावरण र मानव स्वास्थ्यमा असर पर्ने गरी शवदाह गृह निर्माण गरेमा संघर्ष गर्ने चेतावनी दिएको छ ।

स्थानीयवासी, वन संरक्षण पक्षधर, पर्यावरणप्रति संवेदनशिल शक्ति लगायत आमजनताको साथमा रहेर संघर्ष गर्ने चेतावनी दिदैं नेकपा कास्कीका सेक्रेटरी विश्वासले एक प्रेस विज्ञप्ति जारी गर्दै शवदाह गृहलाई अन्यत्र उपयुक्त ठाउँमा निर्माण गर्न सुझाव दिएका छन् । स्थानीय एवम् वुद्धचोक वातावरण सुधार समिति मिलेर शान्ति वन बचाऊ समिति गठन गरी यतिबेला शवदाह गृह निर्माणको विरोध गरिरहेका छन् ।

प्रतिबन्धित नेकपा कास्कीको जिल्ला कार्यालयमा शान्तिवन जोगाउनका लागि परेको निवेदन र जनसरोकारका विषयमा यस पार्टीले अध्ययन र अनुसन्धान गरी कुनै पनि दृष्टिकोण र तथ्यबाट त्यहाँ वन विनास गरी शव दाह निर्माण गर्न नहुने देखिएको भन्दै सेक्रेटरी विश्वासले ध्यानाकर्षण गराएका छन् ।

पोखरा महानगरपालिका वडा नं. ९ र १० मा अवस्थित शान्तिवन वाटिकामा पटक–पटक विभिन्न संघसंस्था वा व्यक्तिहरुका नाममा अतिक्रमण गर्ने प्रयास भईरहेको विषय लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख छ ।
शवदाहलाई व्यवस्थित गर्ने विषयमा स्थानीयवासीहरु र नेकपा कास्कीको पनि विरोध नरहेको तर शान्तिवन वाटिकामा नै निर्माण गर्नुपर्छ भन्ने विषय स्वीकार्य नभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया