
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
पोखरा । अन्ततः नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् । हिजो जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा जारी गर्दै धरपकड गरी पुल उद्घाटन गर्न रोकेको थियो । आज हजारौं कार्यकर्ताहरु जम्मा भएर नाराबाजी सहित सो पुल उद्घाटन गर्न गएका थिए ।
हिजो बुधबार पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेललाई सुरक्षाकर्मीहरुले अमानवीय ढंगले पक्राउ गरी ३ घण्टासम्म नियन्त्रणमा लिएका थिए । यस विषयमा हिजो बेलुका नै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाउँदै विरोध गरेका थिए ।
नेपाली काँग्रेस निकट तरुण दलका युवाहरुको व्यापक उपस्थितिका बिचमा नेता पौडेलले पुल उद्घाटन गरिरहँदा यता पोखरामा पनि तरुण दलले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालयबाट निस्किएको तरुणहरुको जुलुश विपिचोकस्थित विश्वेश्वरप्रसाद कोइरालाको शालिक परिक्रमा गर्दै महेन्द्रपुलमा पुगी कोणसभामा परिणत भएको थियो ।
काँग्रेसका वरिष्ठ नेता शुक्रराज शर्मा, पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की काँग्रेस सभापति कृष्ण केसी, महिला नेतृ वृन्दा राना, महिला नेतृ लक्ष्मी पाण्डे, तरुण दलका नेता सुरजजङ्ग राणा, युवा नेताहरु सरोज केसी, भानु ढकाल, तरुण दल कास्कीका सहसचिव पुजन थकाली लगायतका नेताहरुको सहभागितामा तरुण दलले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माथि हिजो तनहुँमा सुरक्षा निकायले गरेको धरपकड र गिरफ्तारीको विरोधमा पोखरामा नेपाली काँग्रेसका नेता तथा तरुण दलका युवाहरु सडकमा उत्रिएका हुन् ।
कोणसभामा बोल्दै काँग्रेसका वरिष्ठ नेता शुक्रराज शर्माले लोकतन्त्रको रक्षाका लागि काँग्रेस सशक्त रुपमा अघि बढ्न आग्रह गरे । वरिष्ठ नेता शर्माले भने–‘दुई तिहाईको कम्युनिष्ट सरकारको दम्भका कारण लोकतन्त्र गुम्दैछ, यसलाई ठेगान लगाउन मानवअधिकारका सवालमा कटिवद्ध र प्रतिवद्ध भएर काँग्रेस अघि बढ्नुपर्छ ।’
पोखराको महेन्द्रपुलमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै तरुण दलका नेता सुरजजङ्ग राणाले नेपाली काँग्रेसलाई नजिस्क्याउन कम्युनिष्ट सरकारलाई चुनौंती दिएका छन् । कोणसभालाई सम्बोधन गर्दै तरुण दलका नेता राणाले नेपाली काँग्रेसमाथि हात हाल्न खोजे तरुण चुप लागेर नबस्ने र रगतको खोलो बग्ने चुनौंती दिएका हुन् ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन