News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

सिमकोटस्थित विमानस्थलमा लागेको आगो नियन्त्रणमा

कार्यालयमा प्रयोग भएको हिटरका कारण विद्युत्को तार सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान

l;dsf]6 ljdfg:ynsf] sd{rf/L a:g] 3/df nfu]sf] cfuf] lgoGq0fdf lnFb} ;'/IffsdL{ l;dsf]6, !* dªl;/Mx'Dnfsf] ;b/d'sfd l;dsf]6df /x]sf] l;dsf]6 ljdfg:ynsf] sfof{no k|d'vnufot sd{rf/L a:g] 3/df nfu]sf] cfuf] lgoGq0fdf lnFb} g]kfnL ;]gf, ;z:q k|x/L / g]kfn k|x/L . tl:a/ M bfg] af]x/f÷/f;;

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकास सुवेदीले जानकारी दिनुभयो । विमानस्थल प्रमुख बस्ने क्वाटरमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो । सिमकोटको तापक्रम माइनमा झरेर पानी जमेकाले आगो निभाउन समस्या भएको थियो । कार्यालयमा प्रयोग भएको हिटरका कारण विद्युत्को तार सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

अगालागीबाट ६ कोटे भवनको ३ कोठा पूणरुपमा जलेर नष्ट भएका छन् बाँकी ३ कोठामा आंशिक क्षति भएको विमानस्थलका प्रमुख विष्णु अधिकारीले बताउनुभयो । आगलागी शुरु भएको कोठामा रहेका कार्यालयका कागजात, एसि, सोलार, ब्याट्री जलेर नष्ट भएको छ । बाँकी रहेका कोठाको झ्याल ढोका पनि आगो नियन्त्रण गर्न फोडिएको छ । भवनमा ५० प्रतिशत क्षति पुगेको छ । आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइँयाल घाइते भएका छन् ।

प्रतिक्रिया