
१गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
३‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
४पक्राउ परेका सबै पत्रकार रिहा
५पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
६‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
७आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
८ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
९सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१०नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले वृद्धि भएको छ । लगातार नयाँ नयाँ रेकर्ड बनाउँदै आएको नेप्सेमा आज पनि ७१ अङ्कको वृद्धि देखिएको हो । नेप्से र कारोबार रकम समेत आज नयाँ विन्दुमा पुगेको मात्रै छैन, नयाँ रेकर्ड पनि कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ७०.६२ ले वृद्धि भई दुई हजार ७१.०२ मा पुगेको छ । नेप्सेले हालसम्म कायम गरेको मध्ये यो हालसम्मकै उच्च विन्दु हो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १२.२५ ले वृद्धि भई ३९६.०४ मा पुगेको छ । कूल २०१ कम्पनीको एक करोड ५५ लाख ६४ हजार ४२७ कित्ता रु सात अर्ब ४६ करोड ३४ लाख ८२ हजार ९७२ मूल्यमा कारोबार भएको छ ।
स्टकका अनुसार, कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार उपसमूह १६.६३ विन्दुले ओरालो लाग्दा बैंकिङ ६.३८, होटल ५१.१६, विकास बैंक २२.५९, जलविद्युत् ८८.९९, वित्त ३.७६, निर्जीवन बीमा २४४.८२, उत्पादन ३०३.१२, अन्य १४०.८९, लघुवित्त २३२.५६, जीवन बीमा ६०८.७३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु ४० करोड सात लाख ८३ हजार ७५५ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु ३० करोड ६२ लाख दुई हजार ६८६, नबिल बैंक रु २२ करोड ८० लाख ३६ हजार ३५१, हिमालयन डिस्टिलर रु २२ करोड १५ लाख ९५ हजार ५९२, नेसनल लाइफ इन्सुरेन्स रु १९ करोड ९८ लाख ६० हजार २७४, नेको इन्सुरेन्स रु १८ करोड ६७ लाख १० हजार ३२७, नागरिक लगानी कोष रु १६ करोड ३६ लाख ३४ हजार २९२ बराबरको कारोबार गर्दै शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार, महिला लघुवित्त वित्तीय संस्था १०, साञ्जेन जलविद्युत् कम्पनी १०, जनउत्थान सामुदायिक लघुवित्त १०, एनएमबी माइक्रोफाइनान्स १०, विजय लघुवित्त वित्तीय संस्था १०, हिमालयन डिस्टिलरी १०, लक्ष्मी लघुवित्त वित्तीय संस्था १०, नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशतले कमाए । यस आधारमा आज १० वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै, युनिलिभर नेपाल ५.१९, नेपाल बङ्गलादेश बैंक ३.३४, अरुण भ्याली हाइड्रोपार २.३९, जोशी हाइड्रोपावर २.३८, साल्ट टे«डिङ कर्पोरेसन २.०८, हिमालयन जनरल इन्सुरेन्स १.९३ र रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १.७५ प्रतिशतले गुमाए ।
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा