
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
बागलुङ । जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो । नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चील हेलिकप्टरको अगाडिपट्टि ठोक्कियो । सिसा फुट्यो । हेलिकप्टरमा सवार यात्रु अत्तालिए । अनुभवी चालक दीपक पुनले सावधानीपूर्वक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ मा हेलिकप्टरलाई आकस्मिक अवतरण गराउनुभयो । हेलिकप्टरलाई ठूलो दुर्घटना हुनबाट उहाँले जोगाउनुभयो ।
“शुरुमा चील देखिनासाथ चालकले छलिरहनुभएको थियो, तर पछि फेरि आएर जोडसित ठोक्कियो”, हेलिकप्टरमा सवार गलकोट नगरपालिका–३ का अध्यक्ष वीरजङ्ग भण्डारीले भन्नुभयो । हेलिकप्टरभित्रै छिरेको चील रगताम्य अवस्थामा अर्को झ्यालबाट निस्केको उहाँको भनाइ छ । चालक पुनको कुशलता र साहसका कारण ठूलो दुर्घटना टरेको भण्डारीले बताउनुभयो । “भाग्यवश बाँचियो, आकाशमा त्यो क्षण कस्तो थियो अहिले भन्न कठिन भइरहेको छ”, उहाँले भन्नुभयो ।हेलिकप्टरमा भण्डारीसहित गलकोटकै सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार हुनुहुन्थ्यो । उहाँहरु व्यक्तिगत कामका सिलसिलामा हेलिकप्टर चार्टर गरेर काठमाडौँ जाँदै हुनुहुन्थ्यो ।
दिउँसो १२ बजेर ५० मिनेट जाँदा गलकोटबाट उडेको हेलिकप्टरलाई चालकले १ बजेर ४५ मिनेटमा नुवाकोटमा आकस्मिक अवतरण गराउनुभएको थियो । चील ठोक्किँदा हेलिकप्टरको अगाडिको भागमा क्षति पुगेको जनाइएको छ । अघिल्लो सिटमा बस्नुभएका भण्डारीको हात र खुट्टामा सामान्य चोट लागे पनि चालक र अरू यात्रु सकुशल रहेको जनाइएको छ । उक्त हेलिकप्टरमा सवार यात्रुलाई पछि कैलाश एयरकै अर्को हेलिकप्टरले उद्धार गरी काठमाडौँ पु¥याएको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४रसुवा बाढी : ७८१ जनाको शव भेटियो
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन