News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

नाबालिकालाई बलात्कार गर्ने धादिङका प्रकाश प्रहरी खोरमा

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ घर भई पोखरा-१६ बस्ने दीपक भनिने प्रकाशलाई ७ दिन म्याद थप

पोखरा । ११ वर्षे नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाश नेपालीलाई पक्राउ गरेको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ घर भई पोखरा वडा नं. १६ लामाचौरमा बस्ने २९ वर्षीय दीपक भनेर चिनिने प्रकाश नेपालीलाई मंसिर १३ गते पक्राउ गरेको प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

घरमा कोही नभएको अवस्थामा डर, त्रास, धम्की समेत दिई फरक क्षमता भएकी नाबालिकालाई प्रकाशले बलात्कार गरेको अभियोग लागेको छ । जबरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याग थप गरी कास्की प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

डनन्यूज ट्रेन्डिङ