
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
खेमराज गौतम
गलकोट । कोभिड–१९ का कारण गत वर्षदेखि सङ्कटमा परेको बागलुङको पर्यटन पुनः जुर्मुराउन थालेको छ । बन्दाबन्दीकै समयमा जिल्लामा आधा दर्जन नयाँ पर्यटकीय गन्तव्य पहिचान गरिएको छ । कोरोना र यसका कारण गरिएको बन्दाबन्दीमा घर आसपासमा खुम्चिएका नागरिक अहिले फेरि घुम्न निस्किने प्रचलन बढेको छ । पछिल्लो समय गाउँ गाउँमा होमस्टे (घरबास)को विकास, पर्वत–बागलुङ जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण हुनु, बुद्ध हिल, सोलेडाँडा, कालिलेक, डुडेलेक, बेलढुङ्गा, हाँडिकोट जस्ता नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पूर्वाधार विकास, प्रचारप्रसार र प्रवद्र्धनसँगै पर्यटकको चहलपहल हुन थालेको हो ।
कोरोनाका कारण आवागमन ठप्प प्रायः बनेका बागलुङको भकुण्डे, सर्वसिद्धि धाम पञ्चकोट, प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर, शालिग्राम सङ्ग्रहालयमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन र चहलपहल बढ्न थालेको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो । “कोरोनामा शून्य भएको पर्यटन क्षेत्रमा केही आशा र उत्साहको परिदृश्य देखिन थालेको छ, नयाँ गन्तव्यको पहिचान, पूर्वाधार विकास, प्रचारप्रसार र प्रवद्र्धन गर्न सके छिट्टै जिल्लामा पर्यटन चहलपहल बढ्नेछ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो ।
दशैँको केही दिनअघि मात्रै बागलुङको पर्यटन प्रवद्र्धनमा लागेका युवाहरु जिल्लाको जैमिनी नगरपालिकास्थित हाँडीकोट टापु पुगेका थिए । घुमन्ते र पर्यटन क्षेत्रमा कलम चलाएका र प्रवद्र्धनमा सक्रिय युवा तथा पत्रकार हाँडिकोट पुगेपछि अहिले हाँडिकोट चर्चामा छ । त्यस क्षेत्रमा अहिले आन्तरिक पर्यटक दैनिकजसो आउने क्रम बढेको स्थानीय तिलक क्षत्रीले बताउनुभयो । सोही समूहका युवाहरूले पुनः दशैँपछि नयाँ पदमार्गको पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यसहित काठेखोला गाउँपालिकाको वडा नम्बर ३ धम्जा ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमानामा अवस्थित बेलढुङ्गाबाट ताराखोलाको डुडेलेक, तमानखोलाको सोलेडाँडा बराह ताल हुँदै ढोरपाटनसम्म एक हप्ताको पैदल यात्रा गरे । यसलाई उनीहरुले ‘मगर सामुदायिक पदमार्ग’ नामकरण गरे । यस पदमार्गमा मगर समुदायको अधिक बस्ती भएको र संस्कार संस्कृति, खानपान, स्वागत सत्कार सबै हिसाबले मगर सामुदायिक पदमार्ग नामकरण गरिएको फोटोग्राफर आरके अदिप्त गिरीले बताउनुभयो । अब लामो सफर गर्न चाहनेलाई यस रुटमार्फत पदयात्रा गर्ने अवसर हुनेछ ।
‘पहिला गृह जिल्ला अनि स्वदेशका चार किल्ला’ भन्ने नारासहित कारोना कहरकै बीचमा बागलुङको स्थापित र नयाँ सम्भावनाका गन्तव्यमा पुगेर पर्यटन प्रर्वद्धनात्मक अभियान चलाइरहेको पर्यटन अभियानकर्मी एवं घुमन्ते टोलीका सदस्य खिमबहादुर क्षत्रीले बताउनुभयो । “बन्दाबन्दीकै बीचमा बागलुङका नयाँ पुराना पर्यटकीय गन्तव्यमा पुगियो, समाचार, सामाजिक सञ्जाल र युट्युवको माध्यमबाट धेरै प्रचारप्रसार प्रवद्र्धन गरेर यो बीचको समय उपयोग गरियो”, क्षत्रीले भन्नुभयो “सामाजिक सञ्जालबाटै युवा बागलुङ जिल्लाका पर्यटकीय गतिविधिप्रति आकर्षित भइरहेका छन्, यसको प्रभावले पर्यटकीय गतिविध बढ्दै गएको छ ।”
बन्दाबन्दीकै बीचमा बागलुङ नगरपालिकाभित्रै बुद्ध हिलले पनि पहिचानसँगै राम्रै चर्चा पायो । बागलुङ नगरपालिका–६ र ७ को सिमानामा पर्ने बैजनीको पाखोमा रहेको बुद्धको आकृति भएको पहाडले पहिचान पाएसँगै अहिले दैनिक १०० को हाराहारीमा पर्यटक पुग्ने गरेको बागलुङ–६ का वडाध्यक्ष खिमराज सापकोटाले बताउनुभयो ।
स्थानीय तहले पर्यटकीय क्षेत्रप्रति चासो देखाउनु, पर्यटकीय क्षेत्र भ्रमणमा युवा पुस्ताको आकर्षण तथा बढ्दो सामाजिक सञ्जालको प्रयोगले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहज भएको धौलागिरि पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष खिमानन्द कँडेलले जानकारी दिनुभयो । उहाँले ताराखोला गाउँपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सङ्गमस्थलका रूपमा रहेको कालिलेक, पाण्डवखानीको पञ्चधारा जस्ता नयाँ स्थानको समय कोरोना कहरका बीचनै बाहिर आएको बताउनुभयो ।
विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखा र पर्वतको पाङ अदुवाबारी जोड्ने पुल अवलोकनका लागि बाहिरी जिल्लाबाट पर्यटक आइरहेका छन् । सरकारले लामो समयदेखि मठमन्दिर, धार्मिक गतिविधिमा रोक लगाए पनि पछिल्लो समय कालिका मन्दिर दर्शनमा आएका भक्तजनलाई सामाजिक दूरी कायम गरी दर्शन गर्ने व्यवस्था मिलाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितका अध्यक्ष राजु खड्काले बताउनुभयो । “दर्शन गर्न आएकालाई फर्काउन पनि समस्या भयो, पर्यटकीय क्षेत्रमा चहलपहल शुरु भइसकेपछि कालिका मन्दिर दर्शन गर्न आउनेको सङ्ख्यामा विस्तारै वृद्धि भएको छ”, बागलुङ पर्यटन विकास समितिका अध्यक्ष रहनुभएका खड्काले भन्नुभयो “कोरोनाले खुम्चाएको पर्यटन क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल भइरहेको छ ।” -रासस
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो