
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
७सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
८बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
९मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१०छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले करणी गर्ने र मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । ७१ वर्षीय वृद्धलाई करणी गरेको अभियोगमा कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं. १९ पुरन्चौर बस्ने वर्ष ३४ का घनश्याम गिरीलाई मंसिर १० गते पक्राउ गरेको प्रवक्ता तथा सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जारी विज्ञप्तिमा उल्लेख छ ।
गिरीले राति १० बजेको समयमा एकल वृद्ध महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा जबरजस्ती भित्र पसी करणी गरेको जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । जबरजस्ती करणी उद्योग कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
त्यसैगरी, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले पोखराको जाल्पारोडस्थित एक खाजा घरका सञ्चालकलाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. ३ घर भई हाल पोखरा वडा नं. ९ स्थित खाजाघर सञ्चालक ३४ वर्षीय केशव भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मंसिर ११ गते पक्राउ गरेको हो ।
विभिन्न प्रलोभनमा पारी खाजा घरमा राम्रो काममा लगाई दिन्छु भन्दै बोलाएर सुरुमा राम्रै बोलिव्यवहार गर्ने र खाजा नास्ता वितरणको काममा लगाई सकेपछि एक÷दुई दिनपछि देहव्यापारमा लगाएर यौन शोषण गर्ने उजुरीको आधारमा भुजेललाई पक्राउ गरिएको हो ।
भुजेलले आफ्नो खाजाघरमा काम गर्न राखेका युवती तथा महिलालाई त्यहाँ आउने ग्राहकहरुसँग पैसा लिई डरधाक, धम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने र अन्यत्र होटलहरुमा समेत बाध्य पारी पठाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । कास्की प्रहरीले पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाएर पठाएको डिएसपी तथा प्रवक्ता हमालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पक्राउ परेका भुजेललाई मानव वेचबिखन तथा ओासारपसार सम्बन्धि कसुर अन्तर्गत १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’