News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

आफ्नै छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नै १३ वर्षीय नावालिग छोरीलाई करणी गरेको आरोपमा बाबुलाई पक्राउ गरेको छ । आमाले दिएको निवेदनका आधारमा ती बाबुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

विगत केही वर्ष अगाडिदेखि अनेकौं बाहना बनाई जबरजस्ती करणी गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । पछिल्लो समयमा मंसिर ६ गते एउटा होटलमा लगि जबरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई करणी गरेको भन्ने आमाको जाहेरीका आधारमा ती बाबुलाई पक्राउ गरिएको प्रवक्ता हमालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाडनाता करणी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप भई प्रहरीले थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया