
१आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
२पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
३सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
४युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
५महान्यायाधिवक्ताको विवादास्पद निर्णय
६नेपाली काँग्रेसको सभापतिमा गगन थापा
७तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
८पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
९राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१०सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
११एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१२चुनावी मैदानमा विप्लव
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा । ‘आर्थिक समृद्धि’को मूल नारा बोकेर दुईतिहाईको जनमत प्राप्त सरकार झनै भ्रष्टाचार र वेथितिको दलदलमा फस्दै गएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल एसियाले सार्वजनिक गरेको ‘ग्लोबल करप्सन ब्यारेमिटर एसिया’को प्रतिवेदन–२०२०मा नेपाल एसिया कैं सबैभन्दा अगाडि देखिनुले भ्रष्टाचारको कहाली लाग्दो अवस्थालाई पुष्टि गरेको छ ।
मतसर्वेक्षण अनुसार पछिल्ला वर्ष देशमा भ्रष्टाचार बढेको र एसियाका १७ देशहरुमा यो सबैभन्दा उच्च रहेको छ । मत सर्वेक्षणमा दक्षिण एसियाका भारत, श्रीलंका, माल्दिभ्स र बंगलादेश, दक्षिणपूर्वी एसियाका कम्बोडिया, मलेसिया, इन्डोनेसिया, म्यानमार, फिलिपिन्स, थाईल्याण्ड र भियतनाम समावेश भएका थिए । त्यसैगरी पूर्वीएसिया र मध्यएसियाका देशहरुमा चीन, जापान, मंगोलिया, दक्षिण कोरिया, ताइवानका तथ्याङ्क पनि ग्लोबल करप्सन ब्यारोमिटर एसियाको रिपोर्टमा समावेश छन् ।
‘म भ्रष्टाचार पनि गर्दिन र भ्रष्टाचारीको मुख पनि हेर्दिन’ भनेर हजारौं पटक भाषण गर्ने प्रधानमन्त्री खड्गप्रसाद ओली कैं नाम नै ट्रान्सपरेन्सीको प्रतिवेदनमा उल्लेख हुनु लज्जास्पद र दुखद घटना हो । ‘यद्यपि, प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रणका लागि पटक-पटक घोषणा गरेको छन्, तर उनको प्रशासनले यसको लागि निकै कम काम गरेको छ,’प्रतिवेदनमा भनिएको छ–‘बरु, भ्रष्टाचारको आरोप लागेका आफ्ना सहकर्मीको प्रतिरक्षा गर्न प्रधानमन्त्री आफैं अघि सर्ने गरेका छन् । स्वतन्त्र न्यायिक प्रणालीले अनुसन्धान गर्न नपाउँदै प्रधानमन्त्रीले आफ्ना सहकर्मीलाई सफाई दिने गरेका छन् ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरुको पटक–पटक प्रतिरक्ष गर्दै आईरहेका छन् । अख्तियार लगायतका राज्यका निकायहरुलाई स्वतन्त्र रुपमा छानबिन गर्न नै दिइएको छैन । भ्रष्टाचार अनुसन्धानको जिम्मा पाएको स्वतन्त्र निकायले हालसम्म कुनै पनि ठुला तथा नीतिगत भ्रष्टाचारका मुद्दामा अनुसन्धान गर्नै सकेको छैन ।
एकातर्फ आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न यस्तै आरोपहरु लगाई रहेको बेलामा अहिले ट्रान्सपरेन्सी इन्टरनेसनल एसियाले सार्वजनिक गरेको तथ्यले झनै पुष्टि गरेको छ । देशमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारलाई संस्थागत रुपमा संरक्षण गर्दै लगिरहेका छन् । कुनै पनि नैतिकता र ईमानको डर नभएका प्रधानमन्त्री ओलीलाई यस प्रतिवेदनले खासै असर नगरे पनि विश्व माझमा देशको छवि भने बिग्रदैं गईरहेको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर