
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । पहिलोपटक पोखरामा बर्षौंपछि हजारौंको संख्यामा जनताहरु सडकमा उत्रिएर राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै शक्ति प्रदर्शन गरेका छन् । जहाँ विभिन्न दलहरुले गणतन्त्र र लोकतन्त्रका लागि भन्दै आफ्नो शक्ति प्रदर्शन गर्दथे, आज त्यहीँ ठाउँमा नैं चूनौंती दिदैं गणतन्त्र धोका हो, संघीयता खारेज गरौं भन्दै जनसभाको आयोजना गरिएको छ ।
सत्तामा जनयुद्ध लडेर आएको माओवादी र पुरानो दल एमाले मिलेर बनेको नेकपाको दुई तिहाईको सरकार छ । सत्तामा रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश होइन आफ्नै पार्टी मिलाउन सकिरहेका छैनन् । स्थायी सरकार, राष्ट्रवाद र आर्थिक समृद्धिको नारा घन्काएर सत्तामा पुगेका दलहरु भ्रष्टाचार, वेथिति र दलालीमा चुर्लुम्म डुबेका छन् । देश पञ्चायतकालको समय भन्दा पनि पछाडी पुगेको छ ।
राजनैतिक दलहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्ने गरी पोखरामा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै जनताहरु स्वस्फूर्त सडकमा उत्रिएका हुन् । विगतमा दलहरुले आफ्नो शक्ति प्रदर्शन गर्न जसरी पेट्रोल, खाजा र राती मदिराको व्यवस्था गरेर गाउँ–गाउँबाट मानिसहरु झिकाएर सडकमा उतार्थे, ठ्याक्कै त्यसको विपरित जनताहरु आफ्नै खर्च र यस्तो कोरोनाको कहरमा पनि स्वस्फूर्त सडकमा उत्रिनु पक्कै पनि दलहरुका लागि शुभसंकेत भने होईन ।
सत्तामा रहेका मन्त्रीहरु खुलेआम अर्बौंको भ्रष्टाचार गर्ने । कहीँ कतैंबाट भ्रष्टाचार गरेको पुष्टि भयो वा सञ्चारमाध्यमहरुमा त्यो विषय सार्वजनिक भयो भने प्रधानमन्त्री खड्गप्रसाद ओली ‘सुनपानी’ छर्किदैं भ्रष्टहरुलाई चोख्याउने काम गर्नु नै गणतन्त्र पतनको प्रमुख कारण बन्ने निश्चित छ । खुलेआम देशको ढुकुटी लुट्ने, दलाल र विचौंलियाहरुको जगजगी मौंलाउँदै गएको गणतन्त्र पतन उन्मूख छ भन्ने संकेत सडकमा स्वस्र्फूत उत्रिएका जनताहरुको नारा र प्रदर्शनले देखाई सकेको छ । अब सोच्नु पर्ने समय दलहरुका लागि आएको छ ।
दलका नेताहरुको कान फुट्ने गरी १५ वर्ष पछि पोखरामा खुलेआम राजाको शासनकालमा बज्ने राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रताती भूपति….’ घन्किएको छ । राजसंस्थाले देश बर्बाद ग¥र्यो कि गणतन्त्रका नाईकेहरुले भन्ने विषय घाम झैं छर्लङ्ग देखिसकेका छन् आमजनताहरुले । नीतिगत भ्रष्टाचार गर्ने, आसेपासे पोस्ने, विचौलिया र विदेशी दलालीहरुको कठपुतली बन्ने राजनीतिक दलका नेताहरु भन्दा राजसंस्था जनतालाई प्यारो लाग्नु अनौठो विषय भने होइन । यो स्थिति राजनीतिक दलहरुको व्यवहारले नै निम्त्याएको हो ।
‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘जहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ’, ‘नेपाली हामी रहौंला कहाँ नेपाल नैं नरहे’, ‘म भन्दा माथि मेरो देश, म भन्दा प्यारो मेरो देश’, ‘राजा र जनता भनेको नै राष्ट्र हो’, धर्म जोगाऔं, राष्ट्र जोगाऔं, संघीयता खारेज गरौं, गणतन्त्र धोका हो, यस्ता नाराहरु घन्किनु गणतन्त्रका नाईकेहरुका लागि ठाडो चूनौंती नैं भएको शिवसेना नेपाल कास्कीका सचिव भेषराज कोइरालाको भनाई छ । सचिव कोइराला भन्छन्–‘राजनैतिक दलहरुको भ्रष्टाचार, कुशासन, वेथिती र मनोपलीका विरुद्धमा अब जनता जाग्नै पर्छ र एकपटक आँधीव्यहोरी ल्याउनै पर्छ ।’
आज अमरसिंहचोकबाट शुरु भएको जुलुश पृथ्वीचोक, मुस्ताङचोक, सहिदचोक, बैदाम, हल्लनचोक, जिरोकिमी, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुङ्गामा पुगी जनसभामा परिणत भएको थियो । जनसभामा शुरुमा राजसंस्था छँदाको राष्ट्रिय गान श्रीमान् गम्भीर नेपाली बजाईएको थियो । त्यसलगत्तै रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो भन्ने गीत राष्ट्रवादी गायक प्रयत्न श्रेष्ठले गाएका थिए । तत्पश्चात् सो जनसभामा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘अनिल बाबा’ले सम्बोधनका क्रममा हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गर्नु पर्ने, संघीयता खारेज गर्नुपर्ने र गणतन्त्र धोका हो भनेका थिए ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता