
१आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
२पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
३सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
४युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
५महान्यायाधिवक्ताको विवादास्पद निर्णय
६नेपाली काँग्रेसको सभापतिमा गगन थापा
७तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
८पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
९राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१०सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
११एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१२चुनावी मैदानमा विप्लव
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा । पहिलोपटक पोखरामा बर्षौंपछि हजारौंको संख्यामा जनताहरु सडकमा उत्रिएर राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै शक्ति प्रदर्शन गरेका छन् । जहाँ विभिन्न दलहरुले गणतन्त्र र लोकतन्त्रका लागि भन्दै आफ्नो शक्ति प्रदर्शन गर्दथे, आज त्यहीँ ठाउँमा नैं चूनौंती दिदैं गणतन्त्र धोका हो, संघीयता खारेज गरौं भन्दै जनसभाको आयोजना गरिएको छ ।
सत्तामा जनयुद्ध लडेर आएको माओवादी र पुरानो दल एमाले मिलेर बनेको नेकपाको दुई तिहाईको सरकार छ । सत्तामा रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश होइन आफ्नै पार्टी मिलाउन सकिरहेका छैनन् । स्थायी सरकार, राष्ट्रवाद र आर्थिक समृद्धिको नारा घन्काएर सत्तामा पुगेका दलहरु भ्रष्टाचार, वेथिति र दलालीमा चुर्लुम्म डुबेका छन् । देश पञ्चायतकालको समय भन्दा पनि पछाडी पुगेको छ ।
राजनैतिक दलहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्ने गरी पोखरामा राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै जनताहरु स्वस्फूर्त सडकमा उत्रिएका हुन् । विगतमा दलहरुले आफ्नो शक्ति प्रदर्शन गर्न जसरी पेट्रोल, खाजा र राती मदिराको व्यवस्था गरेर गाउँ–गाउँबाट मानिसहरु झिकाएर सडकमा उतार्थे, ठ्याक्कै त्यसको विपरित जनताहरु आफ्नै खर्च र यस्तो कोरोनाको कहरमा पनि स्वस्फूर्त सडकमा उत्रिनु पक्कै पनि दलहरुका लागि शुभसंकेत भने होईन ।
सत्तामा रहेका मन्त्रीहरु खुलेआम अर्बौंको भ्रष्टाचार गर्ने । कहीँ कतैंबाट भ्रष्टाचार गरेको पुष्टि भयो वा सञ्चारमाध्यमहरुमा त्यो विषय सार्वजनिक भयो भने प्रधानमन्त्री खड्गप्रसाद ओली ‘सुनपानी’ छर्किदैं भ्रष्टहरुलाई चोख्याउने काम गर्नु नै गणतन्त्र पतनको प्रमुख कारण बन्ने निश्चित छ । खुलेआम देशको ढुकुटी लुट्ने, दलाल र विचौंलियाहरुको जगजगी मौंलाउँदै गएको गणतन्त्र पतन उन्मूख छ भन्ने संकेत सडकमा स्वस्र्फूत उत्रिएका जनताहरुको नारा र प्रदर्शनले देखाई सकेको छ । अब सोच्नु पर्ने समय दलहरुका लागि आएको छ ।
दलका नेताहरुको कान फुट्ने गरी १५ वर्ष पछि पोखरामा खुलेआम राजाको शासनकालमा बज्ने राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रताती भूपति….’ घन्किएको छ । राजसंस्थाले देश बर्बाद ग¥र्यो कि गणतन्त्रका नाईकेहरुले भन्ने विषय घाम झैं छर्लङ्ग देखिसकेका छन् आमजनताहरुले । नीतिगत भ्रष्टाचार गर्ने, आसेपासे पोस्ने, विचौलिया र विदेशी दलालीहरुको कठपुतली बन्ने राजनीतिक दलका नेताहरु भन्दा राजसंस्था जनतालाई प्यारो लाग्नु अनौठो विषय भने होइन । यो स्थिति राजनीतिक दलहरुको व्यवहारले नै निम्त्याएको हो ।
‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’, ‘जहाँ सिङ्गो नेपाल हुन्छ, त्यहाँ राजारानी हुन्छ’, ‘नेपाली हामी रहौंला कहाँ नेपाल नैं नरहे’, ‘म भन्दा माथि मेरो देश, म भन्दा प्यारो मेरो देश’, ‘राजा र जनता भनेको नै राष्ट्र हो’, धर्म जोगाऔं, राष्ट्र जोगाऔं, संघीयता खारेज गरौं, गणतन्त्र धोका हो, यस्ता नाराहरु घन्किनु गणतन्त्रका नाईकेहरुका लागि ठाडो चूनौंती नैं भएको शिवसेना नेपाल कास्कीका सचिव भेषराज कोइरालाको भनाई छ । सचिव कोइराला भन्छन्–‘राजनैतिक दलहरुको भ्रष्टाचार, कुशासन, वेथिती र मनोपलीका विरुद्धमा अब जनता जाग्नै पर्छ र एकपटक आँधीव्यहोरी ल्याउनै पर्छ ।’
आज अमरसिंहचोकबाट शुरु भएको जुलुश पृथ्वीचोक, मुस्ताङचोक, सहिदचोक, बैदाम, हल्लनचोक, जिरोकिमी, सभागृहचोक, न्यूरोड हुँदै चिप्लेढुङ्गामा पुगी जनसभामा परिणत भएको थियो । जनसभामा शुरुमा राजसंस्था छँदाको राष्ट्रिय गान श्रीमान् गम्भीर नेपाली बजाईएको थियो । त्यसलगत्तै रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो भन्ने गीत राष्ट्रवादी गायक प्रयत्न श्रेष्ठले गाएका थिए । तत्पश्चात् सो जनसभामा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘अनिल बाबा’ले सम्बोधनका क्रममा हिन्दुराष्ट्र र राजसंस्था पुनस्र्थापना गर्नु पर्ने, संघीयता खारेज गर्नुपर्ने र गणतन्त्र धोका हो भनेका थिए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर