
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
५युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
६महान्यायाधिवक्ताको विवादास्पद निर्णय
७नेपाली काँग्रेसको सभापतिमा गगन थापा
८तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
९पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१०राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा । आफ्ना कार्यकर्ता, शुभचिन्तक र पत्रकारहरुमाथि प्रहरी दमन, राज्य आतंक र धरपकड बढेसँगै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी विश्वासले दलाल सरकारलाई दमनद्वारा जनताको भविष्य छेक्न सकिन्छ कि भन्ने दिवा सपना नदेख्न चेतावनी दिएका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्धित नेकपा कास्कीका सेक्रेटरी विश्वासले पक्राउ परेका आफ्ना पार्टी कार्यकर्ता, समर्थक र समाचार संकलन गर्न गएका पत्रकारको बिना शर्त तुरुन्त रिहाई गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । अन्यथा जस्तोसुकै संघर्ष, प्रतिरोध र बदलाका निम्ती पार्टी अगाडि बढ्ने चेतावनी दिदैं विज्ञप्तिमा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्वयम् दलाल सरकार र त्यसका मतियार हुने उल्लेख छ ।
यता जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेका सबैजना विप्लवका कार्यकर्ता भनेर आरोप लगाई रहेको बेलामा नेकपा कास्कीका सेक्रेटरी विश्वासले विज्ञप्ति मार्फत् पक्राउ गरिएका कार्यकर्ता, समर्थक र पत्रकारहरुको बारेमा स्पष्ट जानकारी खुलाईदिएको छ ।
विज्ञप्तिमा मंसिर ८ गते हिजो साँझ जिल्ला प्रहरी कार्यालय कास्कीले पार्टी पुनस्र्थापना दिवसका सन्दर्भमा जनसभा सम्पन्न गरेर फर्कदैं गर्दा गुण्डागर्दी शैलीमा बिना कारण सो पार्टीका युवा संंगठनका गण्डक संयोजक कुमार, मजदुर संगठन कास्कीका संयोजक कालीबहादुर पाण्डे, सामान्य समर्थक यम भट्टराई र विमल श्रेष्ठ अनि पत्रकार राजकुमार घिमिरेलाई गिरफ्तार गरिएको भन्दै निन्दा एवम् भत्र्सना गरिएको छ ।
कोरोना महामारीको जटिल अवस्थामा संघर्षका उच्च कार्यहरु स्थगित गरेर जनचेतनाका निम्ति परिचालित भएको, माक्स–सेटिटाईजर, राहत लगायतका सामग्री वितरण गर्ने जस्ता कार्यमा व्यस्त रहेको पार्टीलाई संकटकालमा झैं दमन गर्नु घोर निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।
न्यायपूर्ण आवाज उठाउने देशभक्त, राष्ट्रवादी, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरुलाई निषेध र दमन गर्नु कथित कम्युनिष्ट सरकारको विशेषता बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति तिखो व्यङ्गय समेत गरिएको छ ।
केपी–प्रचण्ड मण्डलीको सामाजिक दलाल फासिवादी सरकार झन्–झन् फासिवादी, राष्ट्रघाती, जनघाती र निरंकुश बन्दै गएको आरोप प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी विश्वासले लगाएका छन् ।
‘हाम्रो पार्टीका नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, जेल हाल्ने, राज्य आतंक सिर्जना गर्ने र दमन गर्ने काम यो सरकारको प्रमुख कार्यसूचिभित्र पर्दछ ।’ कास्कीका सेक्रेटरी विश्वासले जारी गरेको विज्ञप्तिमा कोरोना महामारीमा गैरजिम्मेवार, राष्ट्रिय स्वाधीनतामा लाचार र जनतन्त्र तथा जनजीवीकामा निकम्मा प्रमाणित भएको आरोप लगाईएको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर