
१गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
२पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
३सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
४फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
५कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
९बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
पोखरा । आफ्ना कार्यकर्ता, शुभचिन्तक र पत्रकारहरुमाथि प्रहरी दमन, राज्य आतंक र धरपकड बढेसँगै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी विश्वासले दलाल सरकारलाई दमनद्वारा जनताको भविष्य छेक्न सकिन्छ कि भन्ने दिवा सपना नदेख्न चेतावनी दिएका छन् ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्धित नेकपा कास्कीका सेक्रेटरी विश्वासले पक्राउ परेका आफ्ना पार्टी कार्यकर्ता, समर्थक र समाचार संकलन गर्न गएका पत्रकारको बिना शर्त तुरुन्त रिहाई गर्न सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । अन्यथा जस्तोसुकै संघर्ष, प्रतिरोध र बदलाका निम्ती पार्टी अगाडि बढ्ने चेतावनी दिदैं विज्ञप्तिमा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्वयम् दलाल सरकार र त्यसका मतियार हुने उल्लेख छ ।
यता जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेका सबैजना विप्लवका कार्यकर्ता भनेर आरोप लगाई रहेको बेलामा नेकपा कास्कीका सेक्रेटरी विश्वासले विज्ञप्ति मार्फत् पक्राउ गरिएका कार्यकर्ता, समर्थक र पत्रकारहरुको बारेमा स्पष्ट जानकारी खुलाईदिएको छ ।
विज्ञप्तिमा मंसिर ८ गते हिजो साँझ जिल्ला प्रहरी कार्यालय कास्कीले पार्टी पुनस्र्थापना दिवसका सन्दर्भमा जनसभा सम्पन्न गरेर फर्कदैं गर्दा गुण्डागर्दी शैलीमा बिना कारण सो पार्टीका युवा संंगठनका गण्डक संयोजक कुमार, मजदुर संगठन कास्कीका संयोजक कालीबहादुर पाण्डे, सामान्य समर्थक यम भट्टराई र विमल श्रेष्ठ अनि पत्रकार राजकुमार घिमिरेलाई गिरफ्तार गरिएको भन्दै निन्दा एवम् भत्र्सना गरिएको छ ।
कोरोना महामारीको जटिल अवस्थामा संघर्षका उच्च कार्यहरु स्थगित गरेर जनचेतनाका निम्ति परिचालित भएको, माक्स–सेटिटाईजर, राहत लगायतका सामग्री वितरण गर्ने जस्ता कार्यमा व्यस्त रहेको पार्टीलाई संकटकालमा झैं दमन गर्नु घोर निन्दनीय कार्य भएको विज्ञप्तिमा उल्लेख छ ।
न्यायपूर्ण आवाज उठाउने देशभक्त, राष्ट्रवादी, प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरुलाई निषेध र दमन गर्नु कथित कम्युनिष्ट सरकारको विशेषता बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारप्रति तिखो व्यङ्गय समेत गरिएको छ ।
केपी–प्रचण्ड मण्डलीको सामाजिक दलाल फासिवादी सरकार झन्–झन् फासिवादी, राष्ट्रघाती, जनघाती र निरंकुश बन्दै गएको आरोप प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका सेक्रेटरी विश्वासले लगाएका छन् ।
‘हाम्रो पार्टीका नेता–कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने, जेल हाल्ने, राज्य आतंक सिर्जना गर्ने र दमन गर्ने काम यो सरकारको प्रमुख कार्यसूचिभित्र पर्दछ ।’ कास्कीका सेक्रेटरी विश्वासले जारी गरेको विज्ञप्तिमा कोरोना महामारीमा गैरजिम्मेवार, राष्ट्रिय स्वाधीनतामा लाचार र जनतन्त्र तथा जनजीवीकामा निकम्मा प्रमाणित भएको आरोप लगाईएको छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
३पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी