
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
३रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
४रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
५असई बनाइदिन्छु भन्दै १० लाख ठगी
६पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
७झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
९पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
१०घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
७भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
११सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
१२साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
सन्तोष गौतम/कमल खत्री
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधतर्फ जाने रघुगङ्गा नदीमा मोटरेबल पुल निर्माण भएको छ । वडा नं ४ दग्नामको बुग्ल र वडा नं ५ को झिँ जोड्ने गरी रघुगङ्गा नदीमा मोटर गुड्ने बेलिब्रिज निर्माण गरिएको हो । राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एसोसियट्सले ४० मिटर लामो र ३.५ मिटर चौडाइ भएको पुल निर्माण गरेको हो
ट्रस प्रविधिको सो पुलले ४० टन भार वहन गर्न सक्ने क्षमता रहेको जेपी एसोसियट्सका इन्जिनीयर जितेन्द्र सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार राहुघाट नदीको दायाँ र बायाँ पक्की पर्खाल उठाएर स्थायी प्रकृतिको पुल बनाउन रु दुई करोड ५० लाख खर्च भएको छ ।
पुल निर्माण भएसँगै राहुघाट जलविद्युत् आयोजनाको बाँध सिधा सडक सञ्जालमा जोडिएको छ । यसअघि नदीमा पुल नहुँदा बाँध निर्माणका लागि आवश्यक पर्ने उपकरण र सामग्री ढुवानी हुन सकेको थिएन । राहुघाट जलविद्युत् आयोजनाका उपप्रबन्धक कृष्ण बस्नेतले दुई वर्षअघि शुरु भएको मोटरेबल पुल निर्माणको काम सोमबार सकिएसँगै आयोजनाको बाँध निर्माण स्थलसम्म सवारी साधन पुग्न थालेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको राहुघाट जलविद्युतको रघुगङ्गा–३ तिल्केनीस्थित विद्युत्गृहदेखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ । सडक निर्माण भए पनि पुल नभएका कारण बाँधसम्म यातायातको पहुँच थिएन । पुल निर्माणले जलविद्युत्को बाँधस्थलसँगै रघुगङ्गा गाउँपालिकाको वडा नं ५ को झिँ र वडा नं ६ को पाखपानीका बस्ती गाउँपालिकाको केन्द्र मौवाफाँटसँग सिधा सडक सञ्जालमा जोडिएका छन् ।
मौवाफाँट हुँदै बुग्लसम्म पुगेको सडकको ट्र्याक राहुघाट जलविद्युत् आयोजनाकै सहयोगमा झिँसम्म विस्तार भइसकेको छ । बुग्लदेखि झिँ जोड्ने सडकको ट्र्याक निर्माण भइसकेकाले गाउँपालिकाले सडकलाई मर्मत र स्तरोन्नति गरी झिँदेखि मौवाफाँटतर्फ नियमित सवारी साधन सञ्चालन गर्ने तयारीमा जुटेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
मोटरेबल पुल बनेसँगै झिँ र पाखापानीका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँट आवत जावतका लागि बेनी हुँदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हट्ने भएको छ । झिँ–मौवाफाँट यातायात सञ्चालन भएपछि दुई घण्टाको यात्रा अवधि एक घण्टामा छोटिने झिँका स्थानीय युवा मीनबहादुर रोकाले बताउनुभयो ।
तीन वर्षअघि ठेक्का सम्झौता भएको राहुघाट जलविद्युत् आयोजनाको एक चौथाइभन्दा बढी निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेड प्रवद्र्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको तीन वटा अडिट (सुरुङसम्म पुग्ने पहुँचमार्ग) बन्दाबन्दी र बाढी पहिरोको असहज अवस्थामै सकिएको छ ।
रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले महामारी, प्राकृतिक विपद् र चाडपर्वको समयमा पनि आयोजनाको काम नरोकिएको बताउनुभयो । उहाँका अनुसार सिभिलतर्फ १८ र इलेक्ट्रोमेकानिकल तर्फ १० प्रतिशत भौतिक प्रगति भएको छ । पिप्ले, अँधेरीखोला र तिल्लेकीको अडिटबाट ५०० मिटर मुख्य सुरुङ खनिएको छ । पिप्लेमा ५८ मिटर गहिरो सर्च साफ्ट खन्नुपर्नेमा ३५ मिटर गहिरो खनिसकिएको छ ।
बाँध रहने ठाउँमा बन्ने अडिट १ को पोर्टल (सुरुङ खन्ने ठाउँ) तयार बनाएको छ । बर्खामा बुग्लमा खस्ने पहिरो पन्छाएर मर्मत गर्दै बाँधतर्फ ढुवानी र आवतजावतलाई निरन्तरता दिइएको थियो । सिभिल ठेकेदारका ५०० मजदुर र कर्मचारीले राहुघाटमा काम गरिरहेका छन् । विसं २०७४ मङ्सिर ५ गते रु छ अर्बमा सम्झौता गरेको भारतीय ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न शुरु गरेको थियो ।
यो आयोजनाको सुरुङ, पहुँचमार्ग, विद्युत्गृह र बाँध निर्माणस्थल रघुगङ्गा गाउँपालिकामा पर्दछ । भारतीय एक्जिम बैङ्कको सहुलियत ब्याजदरसहित चार करोड ४० लाख अमेरिकी डलर ऋणमा राहुघाट निर्माण हुन लागेको हो । पैँतालीस महिनाको ठेक्का अवधि भएको आयोजनाको ३६ महिना पूरा भएको छ । आयोजनाको छ किलोमिटर २०० मिटर सुरुङ र एक किलोमिटर पेनस्टक पाइप रहने छ । घुमाउने तालदेखि दग्नाम र झिँको सिमानामा बन्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग बनाइएको छ ।
एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि प्रारम्भिक चरणको काम गरिरहेको छ । कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्ट्र्याक्ट (इपीसी) प्रारूपमा राहुघाट बनाउन लागिएको हो ।
विसं २०७३ मा स्थापना भएको रघुगङ्गा हाइड्रो लिमिटेड विद्युत् प्राधिकरणको सहायक कम्पनी हो । गत फागुनमा पिप्लेमा आवास र प्रशासनिक प्रयोजनका लागि १० वटा भवन निर्माण सकिएको थियो । अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।
विसं २०७२ मा पुरानो ठेक्का तोडेपछि रोकिएको राहुघाटको सुरुङ खन्ने काम चार वर्षपछि २०७६ असार ७ गतेबाट शुरु भएको थियो । राहुघाट जलविद्युत् आयोजनामा उत्पादन हुने विद्युत् नजिकै निर्माण हुन लागेको राहुघाट सब स्टेशनबाट केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना छ ।
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन