
१गण्डकी प्रदेशभर एकैसाथ ४६ डाक्टर खटाइयो
२कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
३‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
४पक्राउ परेका सबै पत्रकार रिहा
५पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
६‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
७आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
८ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
९सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
१०नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
११बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
१२करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
सन्तोष अधिकारी
नारायणपुर । “बिरामी भएर बा मरें, आमाले अर्काे बिहे गरेर गइन्, मलाई गाउँलेले हुुर्काए, कोई नभएकालाई कसले पढाउने, कसले खान, बस्न दिने ?” घोराही उपमहानगरपालिका–१३ दुुर्गा भवानी टोल अर्थात् बादी बस्तीमा बसोबास गर्दै आउनुभएका बेसाहारा करण बादीले आफ्ना पीडा यसरी बिसाउनुभयो । बेसाहारा भएकै कारण बस्तीमा मागेर गुजारा चलाउँदै आइरहेका कारण धेरै पढेर ठूलो मान्छे बन्ने इच्छा भने मरेको छैन । कहिले नजिकैमा रहेको इँटाभट्टामा कामका लागि जाने गर्नुभएका कारण कहिले भने बजारमा माग्न जाने गरेको बताउनुहुन्छ । सानै उमेरमा बाबुआमा गुमाएका करण अहिले १२ वर्षका हुनुभयो तर अहिलेसम्म विद्यालय जानुभएको छैन ।
कक्षा ४ मा पढ्दा १४ वर्षीय अर्जुन बादीको बुबा बिरामी हुनुभएपछि उहाँको पढाइमा पूर्णबिराम लाग्यो । घरको जेठो छोरो बा बिरामी भएपछि कापी, कलम किन्ने पैसा पनि उहाँसँग भएन । काम गर्न नगए चुलो नबल्ने भएपछि पढ्ने इच्छालाई मारेर इँटाभट्टामा काम गर्न गएको उहाँले सुनाउनुभयो । “हाम्रो बस्तीमा धेरै पढेको पनि मै हुुँ, पढ्ने रहर हुँदाहुँदै पनि घरव्यवहार चलाउने समस्याले पढाइ छोड्नपर्यो”, अर्जुनले भन्नुभयो । धेरै पढेर जागिर खाने रहर र सपना भए पनि घरको आर्थिक अवस्थाका कारण विद्यालय छोडेर भट्टामा पुुग्नुुपरेको उहाँले बताउनुुभयो । “अझै पनि पढ्न पाएँ भने केही गर्नसक्छु भन्ने लाग्छ”, अर्जुनले भन्नुभयो ।
करण र अर्जुन मात्रै होइन बादी बस्तीका अधिकांश बालबालिका विद्यालय जानबाट बञ्चित छन । उनीहरु सबैको समस्या गरिबी नै हो । यो बस्तीमा रहेका धेरैजसो बालबालिका विभिन्न कारणले विद्यालय जानबाट बञ्चित भएका छन् । कोही बाबुुआमा नभएर पढ्न पाएका छैनन् भने बाबुुआमा भएका कतिपय बालबालिका पनि विद्यालय जान सकेका छैनन् ।
उक्त बस्तीमा २५ घरपरिवार बादी र १५ घरपरिवार दलित जातिको बसोबास छ । उनीहरुको दैनिक गुुजारा छेउमा रहेको इँटाभट्टा र बजारमा पाइने ज्यामी कामले टरेको छ । घरको नाजुक अवस्थाका कारण बादी र विक परिवारका बालबालिका विद्यालय छोडेर मजदूरीका लागि दौडिरहेका छन् । विद्यालय जाने उमेरका २५ बालबालिका बजारमा श्रम बेचेर घर चलाउन बाध्य छन् । आधारभूत शिक्षा मौलिक अधिकार भए पनि बादी बस्तीका बालबालिकाले अधिकार उपयोग गर्न पाएका छैनन् ।
गरिबीको रेखामुनि रहेका उनीहरुलाई गासबासकै समस्या छ । छोराछोरी पढाउने रहर हुँदाहुँदै पनि गरिबीका कारण विद्यालय पठाउन नसकिएको डल्ली बादी बताउनुहुन्छ । “जग्गा जमिन छैन, एकदिन काम नगरे चुलो बल्दैन, छोराछोरीलाई पढाएर ठूलो मान्छे बनाउने रहर भएर मात्रै के गर्नु”, डल्लीले भन्नुभयो । गरिबी र अभावमा बाँचिरहेको बस्तीका सबै बासिन्दाको पीडा एउटै भएकाले बालबालिका विद्यालय नगएको उहाँले बताउनुभयो ।
विद्यालयमा भर्ना हुने दलित बालबालिकालाई सरकारले छात्रवृत्ति दिइरहेको घोराही उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । साँझ बिहानको छाक बसेका र बासको व्यवस्था नभएका कारण बालबालिका विद्यालय नजाने गरेको शिक्षा महाशाखाका प्रमुख विनोद गौतमले बताउनुभयो । “विद्यालय भर्ना हुने हो भने कापी कलमका लागि उनीहरुले छात्रवृत्ति पाउछन् समस्या छैन”, गौतमले भन्नुभयो । रासस
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा