
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
कृष्ण दवाडी
पोखरा । पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रङ्गशाला निर्माणका लागि विसं २०७५ पुसमा सम्झौता भएकामा सोही वर्ष फागुनमा शिलान्यास गरिएको रङ्गशालाको काममा ढिलाइ भएको छ । सम्झौता भएको आर्थिक वर्षभित्रमा रङ्गशाला सम्पन्न गर्ने भनिएको थियो तर यसबीचमा आयोजनाको हालसम्म चार पटक म्याद थप भए पनि कामले पूर्णता पाउन सकेको छैन ।
पछिल्लो पटक यही मङ्सिर मसान्तभित्रमा काम सम्पन्न गरेर रङ्गशाला हस्तान्तरण गर्नुपर्ने भए पनि अझै थप दुई÷तीन महिना समय लाग्ने देखिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जिनीयर प्रनिश ताम्राकारले बताउनुभयो । गत वर्ष मङ्सिरमा पोखरामा सम्पन्न भएको १३ औँ सागअघिनै रङ्गशाला निर्माण गरिसक्नुपर्ने दोस्रो पटकको म्यादमा काम पूरा नभएपछि मैदान ‘कामचलाउ’ बनाएर सागको महिला फुटबल सोही रङ्गशालामा खेलाइएको थियो ।
सागपछि सोही आवमा काम सम्पन्न गर्ने गरी तेस्रो पटक म्याद थप भए पनि पूरा नभएपछि चालु आवको मङ्सिरसम्मका लागि चौथो पटक आयोजनाको म्याद थप गरिएको हो । थप अवधिमा समेत रङ्गशाला तयार नहुने निश्चित देखिएको छ । इञ्जिनीयर ताम्राकारले भिआइपी प्यारापिटको छाना छाउने, क्लडिङ (ग्राण्ड स्टाण्ड छोप्ने) र प्रि इञ्जिनीयरिङ भवन फिनिसिङ, पार्टिसन र सजावटको काम बाँकी रहेको बताउनुभयो । यससँगै सम्झौतामा उल्लेख भएबमोजिम सडकको निर्माण कार्य पनि केही बाँकी छ ।
उहाँले भन्नुभयो, “प्यारापिट, मैदान, ट्र्याकसहित हालसम्म रङ्गशालाको ८५ प्रतिशत काम सकिएको छ । छाना र भवनका सामान आयो भने अबको दुई /तीन महिनामा सबै काम सकिन्छ । पूरै सामान आइनसक्दासम्म भन्न सकिने अवस्था छैन ।” राष्ट्रिय खेलकूद परिषद्(राखेप) र एमए कन्स्ट्रक्सन तथा ग्रेट स्र्पोट्स इन्फ्रा(जेभी)बीच रु एक अर्ब २८ करोड लागतमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिम हालसम्म साधारण, विशिष्ट तथा अतिविशिष्ट गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ । मैदान तथा ट्र्याकको काम पनि सकिएको छ ।
निर्माण कम्पनीका प्रबन्धक दीपक बरालले कोरोना महामारी, विभिन्न प्रतियोगिता तथा बाहिरबाट सामान आउन ढिलाइलगायतका कारणले रङ्गशाला निर्माणको काममा ढिलाइ भएको बताउनुभयो । भिआइपी प्यारापिटको छानोका सबै सामग्री भारतबाट आउनुपर्ने भएकाले सामान नआउँदा काम रोकिएको उहाँको भनाइ छ । अघिल्लो आवमा सम्पन्न कामको समेत अझै भुक्तानी नपाएको गुनासो निर्माण कम्पनीको छ ।
“कोरोनालगायतका कारणले ढिलाइ भएको छ तर हामीले काम गरिरहेका छौँ । अघिल्लो वर्षको कामको भुक्तानी नपाए पनि सामान अर्डर गरेर भारतबाट आउन शुरु भएको छ”, बरालले भन्नुभयो, “सामान आएपछि प्राविधिकसमेत उतैबाट आउनुपर्दछ तर उनीहरु अहिलेको सङ्क्रमणको समयमा आउन चाहिरहेका छैनन्, अब हामी छिटो सम्पन्न गर्नुपर्दछ भनेर लागि परेका छौँ ।”
रङ्गशालामा सुविधासम्पन्न प्यारापिटसहित चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), खेलाडी बक्स, कन्फरेन्स हल, मिडिया बक्सलगायतका सुविधा हुनेछन् । प्रि इञ्जिनीयरिङ भवनमा चेञ्जिङ रुमसहित कन्फरेन्स हललगायतका सुविधा रहने परियोजनाका इञ्जिनीयर पुरुषोत्तम बरालले जानकारी दिनुभयो ।
तीन हजार ५०० सिट थप हुने
निर्माणाधीन रङ्गशालाको दर्शक क्षमता तीन हजार ५०० थप गरेर २० हजार पुर्याउने भनिए पनि त्यसका लागि अहिलेसम्म सम्झौता नभएको निर्माण कम्पनीले जनाएको छ । अघिल्लो सम्झौताअनुसार १६ हजार ५०० क्षमताको प्यारापिट तयार भएको र क्षमता विस्तार गर्न सकिने अवस्था रहे पनि थप गर्नेबारेमा हालसम्म राखेपसँग लिखित कुनै सम्झौता भइनसकेको बताइन्छ ।
निर्माण कम्पनीले मौखिक आग्रहका आधारमा आफूहरुले फ्रान्समा ‘ग्राण्ड स्टाण्ड’ माग गरिसकेको जनाएको छ । “खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले पटकपटक प्यारापिटको क्षमता बढाउने भन्नुभएको छ । सोही आधारमा हामीले उहाँहरुको मौखिक आग्रहमा सामान अर्डर गरिसकेका छौँ । यसका लागि थप सम्झौता हुन बाँकी छ”, निर्माण कम्पनीका प्रबन्धक बरालले भन्नुभयो ।
रङ्गशालाको पश्चिमपट्टी एक हजार तथा पूर्वमा दुई हजार ५०० सिट थप गर्ने योजना रहेको बताइएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले प्यारापिटको क्षमता बढाउन आवश्यक रहेको बताउनुभयो । यसबीचमा राखेप बोर्डको बैठक नबसेकाले त्यसबारेमा निर्णय नभए पनि आफूहरु क्षमता बढाउनुपर्दछ भनेर लागिरहेको उहाँको भनाइ छ ।
विसं २०३९ मा निर्माण गरिएको रङ्गशालाको विशिष्ट कक्ष विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पोखरा रङ्गशालाभित्र अन्तर्राष्ट्रिस्तको रङ्गशाला नयाँ निर्माण थालनी गरिएको थियो । -रासस
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी