
१सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
२डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
३सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
४चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
५नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
६आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
७‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
८‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
९पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१०डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
११ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
१२पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
६‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
पर्वत, २३ फागुन । पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। पर्वत जिल्ला (क्षेत्र नं. १) मा सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार ४४ वर्षीय भुसालले २६ हजार ५६१ मत प्राप्त गरी विजयी घोषित भएका हुन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीलाई १०,६०७ मतान्तरले पराजित गरेका छन्। जोशीले १५,९५४ मत प्राप्त गरेका थिए।
योसँगै अर्जुनप्रसाद जोशीले यस क्षेत्रबाट चौथो पटक निर्वाचन हार व्यहोरेका छन्। यसअघि पनि उनले पटक–पटक यो क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका थिए तर सफलता हासिल गर्न सकेका थिएनन्।
नेकपा (एमाले)का पदम गिरीले १५,०७५ मत ल्याएर तेस्रो स्थान प्राप्त गरे। गिरी यस क्षेत्रमा विगतका निर्वाचनमा विजयी हुँदै आएका थिए।
अन्य प्रमुख उम्मेदवारहरूमा नेकपा (माओवादी केन्द्र निकट) का मनहरि शर्मा ४,५५७ मतसहित चौथो स्थानमा रहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गाबहादुर मल्लले ५२५ मत प्राप्त गरे भने अन्य उम्मेदवारहरूले क्रमशः कम मत ल्याएका छन्।
यो निर्वाचनमा कुल १७ जना उम्मेदवारहरू (चार स्वतन्त्रसहित) मैदानमा उत्रिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका भुसालको यो जितले पर्वतमा नयाँ राजनीतिक शक्तिको उदयलाई संकेत गरेको छ। यसअघिका निर्वाचनमा पुराना दलहरूको प्रभुत्व रहे पनि यसपटक मतदाताले परिवर्तनको पक्षमा मत दिएका देखिन्छ।
निर्वाचन आयोगका अनुसार मतगणना बिहान सम्पन्न भएको थियो। भुसालको विजयले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्वलाई थप मजबुत बनाएको छ।