
१सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
२रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
३किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
४आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
५पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
६गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
९फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१०कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
११गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
६सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
७रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
८चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
९रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१०रसुवा बाढी : ७८१ जनाको शव भेटियो
११स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१२बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
पोखरा, २२ फागुन । कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङले भारी मतान्तरसहित विजय हासिल गरेकी छन् । व्यवसाय र समाजसेवाको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकी बिनाले ३७ हजार ७५० मत प्राप्त गर्दै संसद प्रवेश गरेकी हुन् । यो जितसँगै उनी गण्डकी प्रदेशमा रास्वपाबाट निर्वाचित एकमात्र महिला सांसद बनेकी छन् ।
कुल ६५ हजार ४०७ मत खसेको यस क्षेत्रमा बिनाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज गुरुङलाई २४ हजार ९७० मतको अन्तरले पराजित गरिन् । मनोजले १२ हजार ७८० मत मात्र प्राप्त गरे । तेस्रो स्थानमा नेकपा (एमाले) का दामोदर बैरागी रहे, जसले ७ हजार ९०६ मत पाए ।
अन्य उम्मेदवारहरूमा नेपाली कम्युनिस्ट पार्टीका गोपाल गिरीले १ हजार ४५६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अर्जुन खनालले १ हजार ४०६, श्रम संस्कृति पार्टीका हितकाजी गुरुङले ५८६ र उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङले ४६३ मत प्राप्त गरे । नेकपा (माओवादी) का कमल खड्का विश्वकर्मा लगायत साना दलका उम्मेदवारहरूको मत भने नगण्य रह्यो ।

कास्की क्षेत्र नं. ३ बाट रास्वपाकी बिना गुरुङ विजयी भए पश्चात् आफ्ना कार्यकर्ताहरुसँग खुशी साट्दैं । तस्विर: राम गुरुङ
बिनाको यो जितलाई वैकल्पिक राजनीतिप्रतिको बढ्दो आकर्षण र जनजाति तथा महिला प्रतिनिधित्वको सफलताका रूपमा हेरिएको छ । रास्वपाको कास्की कोषाध्यक्षसमेत रहेकी बिना पहिलो पटक चुनावी मैदानमा उत्रिएकी थिइन् । उनको पारिवारिक पृष्ठभूमि आर्थिक रूपमा सम्पन्न छ भने उनी सञ्जीवनी सिस्टर्स एसोसिएसनकी संस्थापक अध्यक्षका रूपमा महिलाहरूको सशक्तीकरण र बालबालिकाको क्षेत्रमा सक्रिय छिन् ।
यस संस्थामार्फत उनले सयौं महिलालाई तालिम, सहयोग र सशक्तीकरणका काम गरेकी छन् । यसबाहेक, तमुधिं नेपालको केन्द्रीय सदस्य, लायन्स क्लब, सिर्जना संसार कोसेली घर, तमु सांस्कृतिक प्रतिष्ठान र कोपिला नेपाल जस्ता संस्थाहरूसँगको आवद्धताले उनको सामाजिक सक्रियता झल्काउँछ । विभिन्न व्यावसायिक प्रतिष्ठानमा निर्देशकका रूपमा काम गरेकी बिनाले आफ्नो अनुभवलाई राजनीतिक यात्रामा रूपान्तरण गरिन् ।
चुनावी प्रतिस्पर्धामा बिनाका प्रमुख चुनौतीहरू सांगठनिक रूपमा बलिया दलहरू थिए । नेकपा (एमाले) ले पुरानो उम्मेदवार दामोदर बैरागीलाई दोहो¥याएको थियो, जसले अघिल्लो चुनावमा २२ हजार ९८० मतसहित जितेका थिए । नेपाली कांग्रेसले मनोज गुरुङलाई अगाडि सारेको थियो, जसले पार्टीको सुधारिएको छविलाई जोड दिएका थिए ।
नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल गिरी वैचारिक र शालीन उम्मेदवारका रूपमा मैदानमा थिए । राप्रपाबाट अर्जुन खनालले आफ्नो एमाले पृष्ठभूमि र पुरातन मत आधारलाई जोडेर प्रतिस्पर्धा गरेका थिए । उज्यालो नेपालबाट तर्कबहादुर गुरुङ र नेकपा (माओवादी) बाट कमल खड्का विश्वकर्मा जस्ता उम्मेदवारहरूले पनि मत विभाजनको जोखिम बढाएका थिए । तर, जेनजी आन्दोलनको जगमा उभिएको रास्वपाको तल्लो तहबाटै बढेको आकर्षण, बिनाको सामाजिक कामको अनुभव र गुरुङ समुदाय तथा महिलाहरूको समर्थनले उनलाई जित दिलायो ।
१मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
५रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा