
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
काठमाडौं, २१ फागुन । आज बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता परिचयपत्र अनिवार्य नभएको निर्वाचन आयोगले स्पष्ट पारेको छ । मतदाता नामावलीमा नाम दर्ता भएका मतदाताले परिचयपत्र नभए पनि छ प्रकारका सरकारी कागजातमध्ये कुनै एकको सक्कलप्रति बोकेर मतदान केन्द्र प्रवेश गरी मताधिकार प्रयोग गर्न सक्नेछन् ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार, मतदानका लागि मान्य हुने कागजातहरू यस प्रकार छन्— मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स), राहदानी (पासपोर्ट), राष्ट्रिय परिचयपत्र र जग्गाधनी प्रमाणपुर्जा (लालपूर्जा) । यीमध्ये कुनै एक सक्कल कागजात साथमा नलिई मतदान केन्द्र प्रवेश गर्न नपाइने उनले बताए ।
परिचयपत्र हराएको, नष्ट भएको वा साथमा नभएको अवस्थामा पनि अन्य वैकल्पिक कागजातबाट मतदान गर्न पूर्ण रूपमा सहज बनाइएको आयोगले जनाएको छ । यस व्यवस्थाले मतदातालाई कुनै पनि कारणले मताधिकारबाट वञ्चित हुन नपर्ने विश्वास गरिएको छ ।
यो निर्वाचनमा देशभर १० हजार ९६७ मतदानस्थलहरूमा कुल २३ हजार ११२ मतदान केन्द्र स्थापना गरिएका छन् । यसबाहेक १४३ अस्थायी मतदानस्थल पनि सञ्चालनमा छन् । निर्वाचन आयोगका अनुसार, एक करोड ८९ लाख तीन हजार ६८९ जना मतदाताले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्नेछन् ।
मतदातालाई समयमै आफ्नो निर्धारित मतदान केन्द्रमा पुग्न र परिचय खुल्ने सक्कल कागजात अनिवार्य रूपमा बोकेर जान आयोगले आग्रह गरेको छ । मतदान प्रक्रिया सुचारु र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको आयोगले बताएको छ ।