
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, ३ माघ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलो भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले गरेको आदेशविरुद्ध अख्तियार सर्वोच्च अदालत पुगेको छ।
अख्तियारले गत मंसिर २१ गते विशेष अदालतमा यो मुद्दा दायर गरेको थियो। मुद्दामा विमानस्थलको लागत अनावश्यक रूपमा बढाइएको र राज्यलाई करिब ८ अर्ब ३६ करोड ७३ लाख रुपैयाँ बराबरको हानि भएको आरोप लगाइएको छ। यसमा पाँच जना पूर्वमन्त्री (भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपक अमात्य, पोस्टबहादुर बोगटी र रामशरण महत), १० जना पूर्वसचिवसहित जम्मा ५५ जना व्यक्ति र चिनियाँ निर्माण कम्पनीलाई प्रतिवादी बनाइएको थियो।
विशेष अदालतले थुनछेक सुनुवाइका क्रममा केही प्रतिवादीहरूलाई निकै कम धरौटीमा छाड्ने र केहीलाई साधारण तारेखमा राखेर मुद्दा अघि बढाउने आदेश दिएको थियो। उदाहरणका लागि, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख रुपैयाँ धरौटी तोकियो भने मुरारी भण्डारीलाई १ लाख रुपैयाँ। यस्तै अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय, महेशकुमार बस्नेत, नारायण गिरी र बाबुराम पौडेल जस्ता व्यक्तिहरूलाई साधारण तारेखमा छाड्ने आदेश भयो। (यीमध्ये अधिकारी हाल डिल्लीबजार कारागारमा छन्।)
अख्तियारले यो आदेशलाई गलत र त्रुटिपूर्ण ठहर गरेको छ। प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अपराधको गम्भीरता, प्रमाणको बलियोपन, प्रतिवादीहरूले प्रमाण नष्ट गर्न सक्ने सम्भावना, समाजमा पर्ने प्रभाव र न्यायको सिद्धान्तलाई बेवास्ता गरेर यस्तो आदेश दिइएको छ। विशेष गरी ८ अर्बभन्दा बढी बिगो भएको मुद्दामा यति कम धरौटी वा साधारण तारेख दिनु उचित नभएको अख्तियारको भनाइ छ।
अख्तियारले भनेको छ-सुरुमा करिब १७ करोड अमेरिकी डलर लाग्ने अनुमान गरिएको परियोजनाको लागतलाई मिलेमतोमा बढाएर २४ करोड डलरभन्दा बढी बनाइयो। यो बढोत्तरीबाट राज्यलाई ठूलो आर्थिक क्षति भएको प्रमाणहरू अदालतले मूल्यांकन नगरेको आरोप छ। त्यसैले विशेष अदालतको थुनछेक आदेश बदर गरी प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउन अख्तियारले सर्वोच्चमा निवेदन दर्ता गरेको हो।
यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। यो नेपालको सबैभन्दा ठूलो भ्रष्टाचार प्रकरणमध्ये एक हो, जसले पूर्वाधार आयोजनामा हुने अनियमिततामाथि प्रश्न उठाएको छ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर