
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
६कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
७अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
८रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
११स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१२गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
छानबिनले तारहरू चोरी गरेर योजनाबद्ध रूपमा कम्पाउन्ड बाहिर लगिएको र मेसिन उपकरणको प्रयोग भएको निष्कर्ष निकालेको छ । हेम्जा सबस्टेशनबाट माग भएका सामग्रीहरूको रेकर्ड जाँच्दा पनि अनियमितता फेला परेको थियो ।
पोखरा, २९ पुस । तामाको तार बेचेर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका तत्कालिन प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
केन्द्रका तत्कालीन प्रमुख राजीवकुमार सिंह, तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्लेसँगै कान्तिपुर सेक्युरिटी सर्भिस प्रालि काठमाडौँका सेक्युरिटी गार्ड रामकुमार पुर्जा र हेम शर्मा रिमालका विरुद्ध आयोगले मंगलबार जनही १३ लाख ९३ हजार ६ सय तीन रुपैयाँ तीन पैसा बिगो र कैद सजायको माग गर्दै मुद्दा दर्ता गरेको हो ।
उनीहरूले ९०० मिटर तामाको तार बेचेर खाएको उजुरी परेपछि आयोगले छानबिन गरेको थियो । आयोगको छानबिनमा पनि उनीहरू दोषी देखिएपछि मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
आयोगका अनुसार, केन्द्रको स्टोरबाट ९२० मिटरभन्दा बढी तामाको तार हराएको घटनामा योजनाबद्ध ढंगले हिनामिना गरेको पाइएपछि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । हिनामिना भएको तारको मूल्य १३ लाख ९३ हजार ६०३ रुपैयाँ बराबर रहेको छ ।
आयोगको अनुसन्धानका क्रममा पोखरा वितरण केन्द्रको कोत्रे पोल प्लान्ट स्टोरबाट ७० एमएम स्क्वायरको १७४ मिटर र १२० एमएम स्क्वायरको ७४६ मिटर पीभीसी तार हराएको पाइएको थियो । स्टोर प्रमुखले २०८०/०१/०५ मा यसबारे निवेदन दिएपछि छानबिन समिति गठन गरिएको थियो । छानबिनले तारहरू योजनाबद्ध रूपमा चोरी गरेर कम्पाउन्ड बाहिर लगिएको र मेसिन उपकरणको प्रयोग भएको निष्कर्ष निकालेको छ । हेम्जा सबस्टेशनबाट माग भएका सामग्रीहरूको रेकर्ड जाँच्दा पनि अनियमितता फेला परेको थियो ।
आर्थिक वर्ष ०८०/०८१ को जिन्सी निरीक्षण प्रतिवेदनमा सामान नभेटिएको भनी उल्लेख गरिएको, छानबिन कमिटीले पेश गरेको प्रतिवेदनमा २१ फागुन ०७९ मा गेटपास नंम्बर २९४ बाट २८ मिटर तार खर्च काटी ठेकेदारले लगेको तर पछि उक्त परिमाणको तार मौखिक निर्देशनको आधारमा स्टोर फिर्ता गरिएको, उक्त स्टोर फिर्ता परिमाणको तार पनि नभेटिएको, हराएको तारहरूको परिमाण धेरै भएको हुँदा कम्पाउण्ड बाहिर लैजान मेशिन उपकरणहरुको प्रयोग भएको हुनुपर्ने अवस्था रहेकोले योजनाबद्ध तवरबाट काम भएको छानबिनबाट देखिएको थियो ।
७० एमएको तारको मूल्य दुई लाख ६७१ रुपैयाँ २५ पैसा र १२० एमएमको तारको मुल्य ११ लाख ९२ हजार ९३१ रुपैयाँ ७८ पैसा गरी कुल १३ लाख ९३ हजार ६०३ रुपैयाँ परिमाणको तारहरू हराएको भन्नेसमेत व्यहोराको प्रतिवेदन देखिएपछि छानबिन कमिटीले बिगो असुलउपर गर्न सिफारिस गरेको थियो ।
आयोगका प्रवक्ता ज्ञवालीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “अनुसन्धानबाट केन्द्र प्रमुख राजीव कुमार सिंह, स्टोर प्रमुख लोक प्रसाद काफ्ले तथा सुरक्षा गार्डहरू राम कुमार पुर्जा र हेम शर्मा रिमालको मिलेमतोमा बदनियतपूर्ण ढंगले सार्वजनिक सम्पत्ति हिनामिना गरेको देखिएको छ । यसले नेपाल विद्युत प्राधिकरणलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको छ ।“
आरोपितहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर ठहर भएको आयोगले जनाएको छ । आयोगले उनीहरूसँग १३ लाख ९३ हजार ६०३ रुपैयाँ बिगो असुल गर्नुपर्ने माग गरेको छ । साथै, दफा ३ को उपदफा (१) बमोजिम कैद सजाय र जरिवाना तथा दफा २२ बमोजिम मुद्दा दायर गरिएको छ ।
आयोगका अनुसार, यो घटना आर्थिक वर्ष २०७९/८० मा भएको थियो र स्टक लेजर तथा छानबिन प्रतिवेदनबाट प्रमाणित भएको छ । नेपाल विद्युत प्राधिकरणको आर्थिक प्रशासन विनियमावली र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली विपरीत काम भएको ठहर गरिएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
३मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
४सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
५रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी