
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
५फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
११बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
पेखरा, १८ पुस । विज्ञापन बोर्डले पत्रिकाको वर्गीकरणभन्दा माथिल्लो हैसियत दाबी गर्दै सरकारी बोलपत्र सूचना प्रकाशन गर्ने लुम्बिनी प्रदेशका दुई दैनिकमाथि कडा कारबाही गरेको छ । कपिलवस्तुबाट प्रकाशित ‘बुद्ध दर्पण राष्ट्रिय दैनिक’ र भैरहवाबाट प्रकाशित ‘गौतमबुद्ध सन्देश दैनिक’ ले आफूलाई राष्ट्रिय स्तरको पत्रिका भनी प्रस्तुत गर्दै टेन्डर सूचना छापेपछि बोर्डको यो निर्णय आएको हो ।
बोर्डका अनुसार ‘बुद्ध दर्पण’ लाई प्रदेशस्तरीय वर्गीकरण मात्र प्राप्त छ भने ‘गौतमबुद्ध सन्देश’ वर्गीकरण सूचीमा नै दर्ता भएको छैन । यी दुवै पत्रिकाले २०८१ भदौ २ देखि असोज ९ गतेसम्म विभिन्न सरकारी निकाय तथा स्थानीय तहका राष्ट्रिय महत्वका बोलपत्र सूचना प्रकाशित गरेका थिए । सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ मा राष्ट्रिय स्तरका बोलपत्र सूचना राष्ट्रिय दैनिकमा मात्र छाप्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।
पोखराबाट पनि यस्तै झुटो दाबी गर्दै ठगी गर्दै आएको समाधान दैनिकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरूमा केही महिनाअघि परेको उजुरीमाथि छानबिन चलिरहेको छ।
यो प्रावधान उल्लंघन भएको उजुरी २०८१ असोज ६ गते बोर्डमा दर्ता भएको थियो । उजुरीउपर छानबिनपछि २०८२ मंसिर ३ गते बसेको बोर्ड बैठकले कारबाहीको निर्णय गरेको हो । बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे (खत्री) द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नभएको हैसियत देखाएर विज्ञापन तथा सूचना लिनु सार्वजनिक खरिद प्रक्रिया र विज्ञापन चक्रको गम्भीर उल्लंघन हो । यस्तो कार्यले सरकारी सूचनाको विश्वसनीयतामा नै आघात पुग्छ ।”
कारबाहीको स्वरूप फरक–फरक छ । ‘गौतमबुद्ध सन्देश दैनिक’ लाई २०८२ पुस १० गतेदेखि माघ ९ गतेसम्म पूर्ण ३० दिन सरकारी तथा सार्वजनिक निकायका कुनै पनि विज्ञापन, सूचना वा सुविधा प्रकाशन तथा प्रसारण गर्न रोक लगाइएको छ । सोही अवधिमा पत्रिकाको बोर्डमा नवीकरण प्रक्रिया पनि स्थगित रहनेछ ।
अर्कोतर्फ ‘बुद्ध दर्पण राष्ट्रिय दैनिक’ लाई २०८३ असार मसान्तसम्म बोर्डबाट वितरित लोककल्याणकारी विज्ञापन उपलब्ध नगराउने तथा सोही अवधिसम्म नवीकरण प्रक्रिया रोक्का राख्ने सजाय तोकिएको छ ।
विज्ञापन (नियमन गर्ने) ऐन, नियमावली तथा विज्ञापन उत्पादन, वितरण र प्रकाशनसम्बन्धी आचारसंहिताको प्रावधान उल्लंघन गरेको ठहर गर्दै बोर्डले यस्ता कार्य भविष्यमा दोहोरिए थप कडा कारबाही हुने चेतावनी पनि दिएको छ । यस घटनाले पत्रपत्रिकाको वर्गीकरण प्रणालीको कडा पालना र सरकारी सूचना प्रकाशनमा पारदर्शिता कायम गर्नुपर्ने विषयमा थप बहस सिर्जना गरेको छ ।
पोखराबाट पनि यस्तै झुटो दाबी गर्दै ठगी गर्दै आएको समाधान दैनिकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरूमा केही महिनाअघि परेको उजुरीमाथि छानबिन चलिरहेको छ।
