
१राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
३लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
४माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
५रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
६प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
७रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
८रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
११सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, १७ पुस । विशेष अदालतले पोखराको लिचीबारी जग्गा दर्ता प्रकरणमा घुस लिएको आरोप लागेका पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्ताको बयान र मुद्दाका प्रमाणहरूको विश्लेषण गर्दै यो निर्णय गरेको हो।
यो मुद्दा पोखराको लिचीबारी क्षेत्रको जग्गा दर्ता गरिदिने र कर्मचारी सरुवा थमौती गरिदिने आश्वासनमा घुस लेनदेनसँग जोडिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्तासहित पूर्वमन्त्री रञ्जिता श्रेष्ठ र अन्यमाथि ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो। विशेषगरी, कास्कीका तत्कालीन मालपोत प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न र कास्कीमै थमौती गरिदिने तथा भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनको नियुक्तिका लागि ५३ लाख र थप २५ लाख गरी कुल ७८ लाख घुस लेनदेन भएको आरोप छ। घुस दिने पक्षमा बिचौलिया सुजन लामा ९तामाङ० लगायत पनि मुद्दामा मुछिएका छन्।
अदालतमा बयानका क्रममा गुप्ताले आफूमाथि लागेको आरोप झुटो भएको र आफूले घुस नलिएको दाबी गरे। उनले पूर्वमन्त्री रञ्जिता श्रेष्ठबाहेक मुद्दामा मुछिएका अन्य व्यक्तिलाई नचिन्ने बताएका थिए। साथै, अडियो रेकर्ड प्रविधिको दुरुपयोग गरी तयार पारिएको झुटो प्रमाण भएको जिकिर गरे। तर, अदालतले यी दाबीहरूभन्दा मुद्दाका अन्य प्रमाणहरूलाई बढी विश्वसनीय मानेको छ।
अदालतको आदेशमा घुस लेनदेनको प्रमाणका रूपमा अडियो संवादको स्क्रिप्ट, फोन कल रेकर्ड र फरेन्सिक रिपोर्टलाई आधार बनाइएको उल्लेख छ। मुद्दाको फाइलमा रञ्जिता श्रेष्ठ, सुजन तामाङ र राजकुमार गुप्ताबीच पटक-पटक फोन सम्पर्क भएको प्रमाण फेला परेको छ। यसबाहेक, जग्गा मिलाउने क्रममा गुप्ता र श्रेष्ठ पोखराको एक रिसोर्टमा बसेका थिए। रञ्जिताको कोठा मालपोत प्रमुख रामचन्द्र अधिकारीले बुक गरेका थिए भने गुप्ताको होटल बिल मन्त्रालयले तिरेको थियो। रञ्जिताको ५९ हजार रुपैयाँको बिल भने मुद्दा दायर हुँदासम्म उधारो रहेको पाइएको छ।
थप प्रमाणका रूपमा, लेनदेनको करारपछि यामकुमारी गुरुङको बैंक खातामा तुल्सीराम बुढामगरले रकम जम्मा गरेको विवरण र अधिकारीको सरकारी निवासमा रकम गन्दै गाडीमा राखेको फोटो पनि अदालतमा पेस भएको छ। यी सबै प्रमाणलाई हेर्दा गुप्ताको बयान इजलासमै झुटो देखिएको अदालतको ठहर छ।
विशेष अदालत ऐन, २०५९ को दफा ७ (ङ) अनुसार तत्काल प्राप्त प्रमाणका आधारमा अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्न पर्याप्त कारण देखिएकाले यो आदेश जारी भएको हो। यो प्रकरणले भूमि प्रशासन र राजनीतिक तहमा व्याप्त घुस लेनदेनको समस्या उजागर गरेको छ र मुद्दाको थप सुनुवाइ अब थुनामै हुने भएको छ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए