
१छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
३पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
४पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
५८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
९जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१०सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
११पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
१२सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
६जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
७डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
८आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
९पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
१०प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
११अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
पोखरा, २२ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचारको मुद्दा आइतबार विशेष अदालतमा् दायर गरे पनि थप तीन छुट्टाछुट्टै विषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।
अख्तियारले हाल दायर गरेको मुद्दामा ८ अर्ब ३६ करोड रुपैयाँ बिगो दाबी गरिएको छ, जुन लागत अनावश्यक रूपमा बढाइएको शीर्षकमा मात्रै सीमित छ । तर विमानस्थल निर्माणका अन्य गम्भीर अनियमितताका तीन फाइलमा भने छुट्टै अनुसन्धान भइरहेको आयोगले विशेष अदालतलाई पठाएको विवरणमा उल्लेख गरेको छ ।
अनुसन्धान बाँकी रहेका तीन मुख्य विषय:
१. चिनियाँ ठेकेदार कम्पनीलाई दिइएको कर छुट
ठेक्का सम्झौतामा कर तिर्ने पूर्ण दायित्व ठेकेदार कम्पनीको हुने स्पष्ट उल्लेख भए पनि विभिन्न सरकारको पालामा चिनियाँ कम्पनी ऋब्ःऋ लाई कर छुट दिइएको थियो । सार्वजनिक लेखा समितिको प्रतिवेदनअनुसार यो छुट रकम करिब २ अर्ब २० करोड रुपैयाँ छ । लेखा समितिले यसलाई “सरासर भ्रष्टाचार” भनेको थियो । अख्तियारले यो विषयमा छुट्टै अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएको छ ।
२. छिनेडाँडा–रिट्ठेपानी डाँडा कटानमा भएको ३२ करोड अनियमितता
सम्झौताअनुसार विमानस्थल अगाडिको अवरोध हटाउने र डाँडा कटान गर्ने सम्पूर्ण जिम्मेवारी ठेकेदार कम्पनीको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ठेकेदारलाई नै ३२ करोड २ लाख रुपैयाँ अतिरिक्त भुक्तानी दिएको थियो । लेखा समितिले यो भुक्तानीलाई “सिधै भ्रष्टाचारजन्य काम” भनेको थियो । अख्तियारले यो विषयमा पनि छुट्टै अनुसन्धान गरिरहेको छ ।
३. परामर्शदाता नियुक्तिमा अनियमितता
ठेक्का सम्झौतामा परामर्शदाता नियुक्तिको खर्च ठेकेदार कम्पनीले नै बेहोर्नुपर्ने प्रावधान थियो । तर प्राधिकरणले आफ्नै बजेटबाट छुट्टै परामर्शदाता नियुक्त गरी करोडौँ रुपैयाँ खर्च गरेको थियो । यो कार्य पनि लेखा समितिले अनियमितता तथा भ्रष्टाचारको श्रेणीमा राखेको थियो । अख्तियारले यसमा पनि छुट्टै अनुसन्धान अघि बढाएको जनाएको छ ।
अख्तियारले विशेष अदालतमा पठाएको लिखित जानकारीमा भनेको छ, ‘प्रस्तुत मुद्दाका फरक–फरक प्रकृतिका, फरक–फरक समयका र फरक–फरक निर्णयकर्ता संलग्न यी विषयहरूमा छुट्टै अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान भइरहेको छ ।’
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक