
१पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
५क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
७जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
८सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
९पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
१०सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
११प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
१२अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
६जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
७डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
८आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
९प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
१०पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
११अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
पोखरा, २१ मंसिर । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ठूलो आर्थिक अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक विदेशी कम्पनीलाई समेत प्रतिवादी बनाएको छ । निर्माणको जिम्मा पाएको चीनको सरकारी कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ लिमिटेडविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
यो मुद्दासँगै पोखरा विमानस्थल प्रकरण अझ जटिल र अन्तर्राष्ट्रिय स्तरको बन्दै गएको छ । सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सीएएमसीबीच भएको सम्झौताअनुसार चिनियाँ एक्जिम बैंकको २१६ मिलियन अमेरिकी डलर ऋणमा यो विमानस्थल ‘टर्न–की’ आधारमा निर्माण गरिएको थियो । अर्थात्, डिजाइनदेखि सामग्री खरिद, निर्माण र हस्तान्तरणसम्म सबै जिम्मेवारी चिनियाँ कम्पनीकै थियो ।
सम्झौताअनुसार विमानस्थलको रनवे ४५ मिटर चौडा र २,५०० मिटर लामो हुनुपर्ने थियो भने आधार तयार गर्न निर्माणस्थलबाट करिब ५ किलोमिटर टाढाबाट माटो र ग्राभेल ल्याएर फिलिङ गर्नुपर्ने प्रावधान थियो । यसले विमानस्थलको उचाइ पनि केही मिटर बढ्ने र बाढीको जोखिम कम हुने अपेक्षा गरिएको थियो ।
तर, अख्तियारको अनुसन्धानले चिनियाँ कम्पनीले यो महत्वपूर्ण प्रावधानलाई पूरै उल्लंघन गरेको देखाएको छ । कम्पनीले निर्माणस्थलकै कम गुणस्तरको माटो र ग्राभेल प्रयोग गरेर आधार बनायो । यसका लागि उसले ८० लाख अमेरिकी डलर (झन्डै ११ अर्ब नेपाली रुपैयाँ) अतिरिक्त बजेट छुट्याएको देखाए पनि वास्तविक खर्च नगरी सो रकम हिनामिना गरेको आरोप छ ।
यो कामले माटो ओसारपसारमा हुने ठूलो खर्च जोगियो भने राज्यलाई गुणस्तरहीन संरचना बनाएर दीर्घकालीन क्षति पु¥याइयो । थप गम्भीर कुरा त, परामर्शदाताको रूपमा नियुक्त दुवै कम्पनी (चिनियाँ कम्पनीकै भगिनी संस्था आईपीपीआर र प्राधिकरणतर्फको ईआरएमसी) ले सीएएमसीको गलत कामलाई निरन्तर सदर गर्दै आएका थिए ।
अख्तियार स्रोतका अनुसार चिनियाँ कम्पनीले चिनियाँ ऋण परियोजना भएकै कारण खरिद प्रक्रियामा एकलौटी प्रतिस्पर्धा गराएर ठेक्का हत्याएको र त्यसपछि योजनाबद्ध रूपमा गुणस्तर र लागत दुवैमा अनियमितता गरेको पुष्टि भएको छ ।
यसअघि नै पाँच जना पूर्वमन्त्री, नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी र ठेकेदारहरूमाथि मुद्दा दायर गर्ने निर्णय गरिसकेको अख्तियारले अब चिनियाँ कम्पनीलाई पनि प्रतिवादी बनाएर यो प्रकरणलाई अन्तर्राष्ट्रिय भ्रष्टाचारको उदाहरण बनाएको छ ।
विश्लेषकहरूका अनुसार यो कदमले नेपालले चिनियाँ ऋणमा बनेका ठूला परियोजनाहरूको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ भने विदेशी कम्पनीलाई समेत कारबाहीको दायरामा ल्याउन सकिने बलियो सन्देश दिएको छ ।
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक