
१भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
३काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
४कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
५स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
६नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
७रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
८सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
९रोल्पा दुर्घटना : उद्धारका लागि नेपाली सेना परिचालन, मध्यरातमा खसेको थियो बोलेरो
१०सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
११मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
६सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
७उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२स्याङ्जामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
काठमाडौं, ७ असोज । जेन–जी आन्दोलनपछिको प्रदर्शनमा प्रहरी सहायक निरीक्षक मिलन राय, प्रहरी जवान उत्तम थापा र प्रहरी सहायक हवलदार अमृत गुरुङले ज्यान गुमाए। आर्थिक अभावका कारण यी मृतक प्रहरीका परिवारले सापटी लिएर अन्तिम संस्कार गर्नुपरेको छ।
मिलन रायको परिवारको पीडा
सिन्धुलीको दुधौली–८ का मिलन रायले सानैमा बाबुआमा गुमाएका थिए। काकाको सहारामा हुर्किएका उनले चार महिनाअघि श्रीमतीलाई जापान पठाउन ऋण लिएका थिए। अहिले परिवारले महिनाको ४० हजार किस्ता तिर्दैछ। काठमाडौंको पशुपति आर्यघाटमा उनको अन्तिम संस्कारका लागि प्रहरी कल्याण कोषबाट ४० हजार प्राप्त भए पनि कुल खर्च साढे दुई लाख पुग्यो। यो रकम गाउँघरबाट सापटी लिएर जुटाइएको काका केशव रायले बताए।
उत्तम थापाको परिवारको कथा
दार्चुलाका उत्तम थापाको परिवार पनि आर्थिक संकटमा छ। उनको शव गाउँ लैजान नसकेर पशुपति आर्यघाटमै अन्तिम संस्कार गरियो। प्रहरी कल्याण कोषबाट ४० हजारबाहेक अन्य सहयोग नपाएको परिवारले जनायो। सात महिनाअघि भाइको मृत्यु भएपछि उत्तमकी आमा एक्ली छिन्। उनको जागिरले नै घर चल्थ्यो। अहिले अन्तिम संस्कारको खर्च काकाहरूको सहयोगमा जुटाइएको छ।
अमृत गुरुङको परिवारको अवस्था
कास्कीका अमृत गुरुङको परिवारले पनि सापटी लिएर अन्तिम संस्कार गरेको छ। गुरुङ समुदायको रीतिअनुसार अझै केही संस्कार बाँकी छ। हालसम्म एक लाख खर्च भएको र यो रकम छिमेकीबाट सापटी लिएको उनकी श्रीमती शान्तिले बताइन्। अमृत परिवारका एक्ला छोरा थिए। उनकी आमाको नौ महिनाअघि मृत्यु भएको थियो र परिवारमा अझै ऋणको बोझ छ।
प्रहरी प्रधान कार्यालयले मृतकका परिवारलाई १० लाख सहयोग दिने निर्णय गरे पनि रकम उपलब्ध भएको छैन। मृतकका आफन्तले गृहमन्त्रीलाई भेटेर सहयोगको माग गरेका छन्। जेन–जी आन्दोलनका पीडित परिवार संर्घष समितिका संयोजक कमल सुवेदीले किरिया खर्च तुरुन्तै उपलब्ध गराउनुपर्ने बताए। गृह मन्त्रालयले भने जिल्ला प्रशासनमार्फत सहयोग प्रक्रिया अघि बढाएको जनाएको छ।
१बाबु निजी विद्यालयका सञ्चालक, छोरा गण्डकी बोर्डिङमा विपन्न कोटामा !
२नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
३पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
४मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
५लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन